ओखलढुंगा । जिल्ला अदालत ओखलढुङ्गामा कार्यरत एक कर्मचारी कार्यालय समयमा मृत भेटिएका छन् । अदालतका कार्यालय सहयोगी सिद्धिचरण नगरपालिका–३ केराउस्वाँराका ४६ वर्षीय पोष्टप्रसाद दाहाल मृत भेटिएका हुन् ।
अस्थायी करार सेवामा उनी २०६२ सालदेखि जिल्ला अदालत ओखलढुङ्गामा कार्यरत रहँदै आएका थिए । अदालतका श्रेष्तेदार नेत्रबन्धु पौडेलका अनुसार रातिको समयमा कार्यलयमा बस्ने दाहाल दिउँसो सुत्ने गरेका थिए । उनी दिनभर बाहिर नआएपछि अर्का कर्मचारीले ढोका खोलेर हेर्दा मृत अवस्थामा भेटाएका हुन् । अदालतको कर्मचारी आवास गृहमा शुक्रबार अपहन्न दाहाल मृत भेटिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक राजिब श्रेष्ठले जानकारी दिए ।
लामो समयदेखि मुटुको समस्यामा रहेका दाहालको मादक पदार्थ सेवनले मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान गरेको छ । आवश्यक प्रकृया पूरा गरी पोष्टमार्टम पछि परिवारलाई शव जिम्मा लगाउने प्रहरी निरीक्षण श्रेष्ठले बताए । घटनाका विषयमा थप अनुन्सन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ओखलढुंगा जिल्ला अदालतका कर्मचारी कार्यालयमा मृत भेटिए
357
Shares