जेष्ठ नागरिकलाई कैद मिनहा !

  पत्रपत्रिका
77 Shares

पोखरा । जेष्ठ नागरिकलाई कैद मिनहा शीर्षकमा अन्नपूर्ण पोष्टले समाचार छापेको छ । ज्येष्ठ नागरिकको अधिकार उपयोग गर्दै कास्की कारागारका ३ जनाले कैद मुक्त भएका छन् ।

उच्च अदालतले ७२ वर्षे हरिमाया थापा बर्मेली, ६७ वर्षे दिलीप सुवेदी र ७७ वर्षे नरध्वज गुरुङलाई प्रक्रिया र्पुयाएर छाड्न आदेश गरेको हो । ज्येष्ठ नागरिक ऐन २०६३ अनुसार उनीहरुलाई शुक्रबार कैद छुट भएको हो ।
उक्त ऐनको दफा १२ (१) मा कैद छुटको प्रावधान छ । ६५ वर्ष उमेर पूरा भई ७० वर्ष ननाघेको ज्येष्ठ नागरिकलाई २५ प्रतिशतसम्म कैद छुट व्यवस्था ऐनले गरेको छ । ७० वर्ष उमेर पूरा भई ७५ वर्ष ननाघेको ज्येष्ठ नागरिकलाई ५० प्रतिशत र ७५ वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकलाई ७५ प्रतिशतसम्म कैद छुट हुने उक्त ऐनमा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार