२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

रङ्गकर्मी द्धय लगनगाँठोमा


१२ जेष्ठ २०७६, आइतबार  

238
Shares

काठमाण्डौं । नेपाली रङ्गमञ्चमा एक दशक विताएका कलाकार द्धय,पुर्खा जित राई तथा ज्योति राई,बीच किरात परम्परागत संस्कार अनुसार यहि बैशाख २९ गते बैवाहिक जीवनमा बाँधिएका छन् । पूर्खा जित राई विगत साठी साल देखि नेपाली रङ्गमञ्चमा नाटक,अभिनय साथै लेखन तथा निर्देशन जस्ता कार्यमा आवद्ध भइ आएका छन् ।

पूर्खा जितका श्रीमती बनेकी ज्योति राई पनि ६२ साल देखि कलाकारिता क्षेत्रमा प्रवेश गरेकी हुन । हाल सम्म कयौं नाटक,चलचित्र,लघु चलचित्रहरुमा ज्योति राईले अभिनय गरेकी छिन् । अभिनय सँगै नाटक र वृत्तचित्र समेत निर्देशन गरेकी छिन् । पूर्जा जित राई आदिवासी जनजाति चलत्रिच महासंघको महासविच तथा किरात राई चलचित्रकर्मी संघको वर्तमान उपाध्यक्ष हुन्

प्रकाशित मिति : १२ जेष्ठ २०७६, आइतबार  ८ : ५९ बजे