२६ फाल्गुन २०८२, मंगलबार | Wed Mar 11 2026

कुलमानलाई भ्रष्टाचारको आरोप लगाउने मोदीलाई क्याप्टेन विजय लामाले के भने ?



काठमाडौं । कुलमान घिसिङलाई भ्रष्टाचारको आरोपका लगाउने सांसद अमनलाल मोदीलाई क्याप्टेन विजय लामाले कडा प्रतिक्रिया दिएका छन् । कुलमान जस्तो मान्छेलाई यस्तो तथ्य हीन आरोप लगाएकोमा क्याप्टेन लामा दुःखि हुदै फेसबुक मार्फत प्रतिक्रिया दिएका हुन् ।

सांसद मोदिलाई कुलमान जस्तो विकासका लागि काम गर्दै अघि बढिरहेको समयमा तथ्य हीन, नाजायज आरोप नलगाउने भन्दै क्याप्टेन लामाले कडा जवाफ दिएका छन् । क्याप्टेन लामाले कुलमान रातदिन खटेर काम गरि रहेका बेला बिना प्रमाण आरोप लगाउन नमिल्ने भन्दै सुनेको भरमा र तथ्य बिना नबोल्न समेत अनुरोध गरेका छन् ।
जब प्राधिकरणका प्रमुख कुलमानजीले भ्रष्टाचार गरेको छैन भन्दा प्रमाण बिना आरोप लगाइरहने, तर, यदि प्रमाण भए सार्वजनिक गर्न अनुरोध गरेका छन् । यदि प्रमाण भेटियो भने कुलमानलाई कारवाही गराउनको लागि आफूहरुनै लागि पर्ने भन्दै बिना प्रमाण आरोप नलगाउन अनुरोध गरेका हुन् । सामाजिक सञ्जाल फेसबुक मार्फत देशको विकासमा अर्गेलो नबन्न माननीयलाई सुझाउदै आफ्नो धारणा फेसबुकमा यस्तो स्टाटस लामाले लेखेका छन् । लामाले लेखेको फेसबुक स्टाटस तल हेर्नुहोस ।
‘हाम्रो देशमा सुनेको भरमा, कुनै तथ्य विना, समाचार या बिना प्रमाण आरोप लगाउने चलन धेरै बडेको छ यो समय ! अझै भन्ने हो भने सन्सनी पुर्ण समाचार नै बनाएर आफू हिरो बन्न आतुर भएको पनि पाइन्छ जताततै !’

‘माननीय अमनलाल मोदिले कुलमानजीलाई पनि कतै त्यस्तै गरेको त होइन ? कतिसम्म अबुझ कुरा गर्नु भएको त्यत्रो जन प्रतिनिधि भएर तपाईं मोदि जि ? जब कुलमानजीले भ्रष्टाचार गरेको छैन भन्दा पनि तपाईं आरोप लगाउदै बसि रहने ? कता छ तपाइको प्रमाणहरु ? निकाली दिनुस ‘हामी नै लाग्ने छौ कुलमानजीलाई कारवाही गराउनको लागि ! नत्र म सँग छ, समय आए पछि दिउला, देशको ९ अरब निकालुला, कारवाही गरौला भन्ने जस्तो हावादारी गफ नगर्दा राम्रो होला कि ? आफ्नो ओहोदाको पनि मान राख्नु पर्ला कि ?’
प्रमाण लिएर आउनुस न त्यस्ता बकम्फुसे कुरा गर्नु भन्दा ! नेपालको विकासमा किन अर्गेलो बन्न खोज्नु हुन्छ तपाईं जस्ताहरु ? किन हिरो बन्न खोज्नु भएको ? हेर्नुस मित्र मोदि ‘एउटा संवेदनशील ठाउँमा र स्थान हुनुहुन्छ र त्यस्को गरिमाको पनि ख्याल गर्दिनु होला ! नेता जनताभन्दा माथी छौं भन्ने सोच नराख्नु होला ! तपाइहरुलाई जनताले सहि काम कुरा गर्न जिताएका हुन नकि यस्तो सहि काम गरेर अहोरात्र खटेर इमानदारी पूर्वक काम गर्नेहरुलाई नाजायज आरोप लगाएर विकासलाई ठप्प पार्नलाइ !’ जय चन्द्र सुर्य !

प्रकाशित मिति : १३ जेष्ठ २०७६, सोमबार  २ : २१ बजे