२ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026

८ बालबालिकालाई ‘लिटिल मिष्टर एण्ड मिस २०१९’को उपाधि



काठमाडौं । ‘लिटिल मिष्टर एण्ड मिस २०१९’मा ८ विजेता छानिएका छन् । विभिन्न उमेर समूह गरेर मोक्क्षा अधिकारी, अप्सरा दुलाल, सिमोन पुन, सक्षम थापा, कृष्ण बुढाथोकी, कुसल न्यौपाने, करिष्मा सुवेदी, विपुल श्रेष्ठ विजेता चुनिएका हुन् ।

शनिबार बालकुमारीस्थित म्युजिक सिटी हलमा अबेर सम्पन्न प्रतियोगीतामा सबै विजेताले शीर्ष उपाधिको साथमा विभिन्न गिफ्ट उपहारको रुपमा प्राप्त गरे । एक्सपोज नेपालको आयोजना रहेको प्रतियोगीताको उदेश्य बालबालिकाको व्यक्तित्व विकास, क्षमता अभिबृद्धी गर्दै भविष्य निर्माणमा अग्रसर गराउने रहेको थियो ।
चुनिएका सबै विजेताले अन्तराष्ट्रिय सौदर्य प्रतियोगिता ‘लिटिल मिष्टर एण्ड मिस युनिभर्सल २०१९’ सहभागीता जनाउने आयोजक एक्सपोज नेपालकी सिइयो अर्चना थापाले जानकारी दिइन् । प्रतियोगितामा पूर्व मिस नेपाल सुगारिका केसी, मिष्टर नेपाल २०१८ विकल्प राज श्रेष्ठ, मिस राजधानी २०१७ सर्मिला सापकोटा र प्रविना श्रेष्ठ लगायत निर्णायक रहेका थिए ।

प्रकाशित मिति : १३ जेष्ठ २०७६, सोमबार  ४ : २९ बजे