पोखरा । कास्की जिल्लाको पोखरा महानगरपालीका ६ स्थित फेवातालबाट एपीएफ टोलीले ७ जनाको सकुशल उद्वार गरेको छ । एक्कासी आएको हावाहुरी र छालकोे कारण सो तालको वीच भागमा बोटिङ गरीरहेका दुई वटा डुङ्गामा पानी पसेर उक्त डुङ्गासँगै डुबेका ७ जनाको शकुसल उद्धार गरेको हो ।

डुंगामा सवार काठमाडौं बस्ने वर्ष २७ का विनोद आर्याल, वर्ष २१ की सविना महर्जन, २१ वर्षिय अजित महर्जन, २३ वर्षिया जरिना महर्जन, २२ वर्षिया जिनी महर्जन, पोखरा महानगरपालिका ३ नदिपुर बस्ने २२ वर्षिय टाईगर गुरुङ्ग र वडा नं. १७ छोरेपाटन बस्ने २५ वर्षिय रोनाल मगरलाई एपीएफ टोलीले तालबाट सकुशल उद्वार गरेको हो ।
घटनाबारे जानकारी प्राप्त हुनासाथै सशस्त्र प्रहरी बल, नेपाल गण हेक्वा कास्की नम्वर २४ गणबाट फेवाताल रेस्क्यु टावरमा खटिएको सशस्त्र प्रहरी सहायक निरीक्षक दिपेन्द्र विष्टको कमाण्डको एपीएपm टोलीले उनीहरुको तत्कालै उद्वार गरेको हो ।
१४ जेष्ठ २०७६, मंगलबार
91
Shares






