२५ फाल्गुन २०८२, सोमबार | Mon Mar 9 2026

यलम्बर संगीत प्रतियोगिताको पाँचौ श्रृंखलामा को को छानिए १० कलाकार ?



काठमाडौं । यलम्बर संगीत प्रतियोगिताको पाँचौ श्रृंखलाअन्तर्गत उत्कृष्ट दश जनालाई छनोट गरिएको छ । किरात राई सांस्कृतिक कलाकार संघको आयोजनामा बुधबार भएको प्रतियोगिताको पहिलो चरणबाट किरात राई समुदायका दशजना नवगायक तथा गायिकाहरुलाई छनोट गरिएको हो ।

प्रतियोगीतमा इन्द्रकला राई, शुभकर राई, प्रदिप राई, अम्बिका राई, अस्मि राई, किस्मत राई, सन्तोष राई, सिता राई, सन्ध्या राई र प्रदिप राई छन् । छनोटमा परेकाहरुमध्ये ९ जना खोटाङका हुन् भने एक जना सिता राई पाँथधरकी हुन् ।
संगीतको माध्यमबाट किरात राई समुदायको मौलिक संगीत, भाषा, संस्कृति र परम्पराको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको संघले जनाएको छ । संघका केन्द्रीय पदम थुलुङ राईले छनोटमा परेकाहरुलाई एक महिनासम्म संगीत तथा किराती संस्कृति र पहिचानका बारेमा प्रशिक्षण दिइनेछ । आमागी असार १४ गते संघको स्थापना दिवसको अवसरमा अन्तिम प्रतियोगिता गराइने छ । छनोटमा परेकाहरुलाई किरातजन्य ऐतिहासिक पुरातात्विक स्थलहरुको अवलोकन समेत गराइने छ ।

प्रतियोगिताबाट पहिलो, दोस्रो, तेस्रो र चौथो हुनेहरुलाई क्रमशः २५ हजार ५ सय २५ रुपैयाँ, ८ हजार ८ सय ८८ रुपैयाँ, ५ हजार ५ सय ५५ रुपैयाँ र ३ हजार ३ सय ३३ रुपैयाँ नगद तथा प्रमाणपत्र प्रदान गरिने छ । प्रथम हुनेले किरात मौलिक संगीत झल्कने एउटा गीत गाउने अवसर समेत पाउनेछन् । यलम्बर संगीत प्रतियोगिताको पहिलो, दोस्रो, तेस्रो र चौथो श्रृंखलामा क्रमशः सागर संसार राई, निश्चल राई, नम्रता राई र सोनाम राईले उपाधि पाएका थिए । सभार : सार्वजनिक ।

प्रकाशित मिति : १५ जेष्ठ २०७६, बुधबार  १२ : ४८ बजे