चार करोड नौ लाख सामाजिक सुरक्षा भत्ता वितरण

0 Shares

ललितपुर, १३ भदौ । जिल्ला विकास समितिले गत आव २०७२/०७३ मा कुल चार करोड नौ लाख ९८ हजार सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।

सामाजिक सुरक्षा भत्ता वितरण रकमअन्तर्गत पाँच हजार १७ जनालाई वृद्ध भत्ताबापत पाउने एक करोड ३३ लाख १३ हजार जिविसले उपलब्ध गराएको हो ।

यसैगरी दुई हजार ५०७ जना वृद्धवृद्धालाई औषधोपचार खर्च स्वरुप एक करोड ४२ लाख ९८ हजार वितरण गरेको छ । पाँचसय ६७ जनालाई अपाङ्ग भत्ताबापत २१ लाख ९७ हजार दिइएको छ ।

जिविसले प्रदान गर्ने भत्ताबमोजिम एकल महिलालाई सात लाख ८५ हजार वितरण गरेको छ । भत्ता पाउने महिलाको सङ्ख्या चार हजार ३८८ जना रहेको बताइएको छ ।

यसैगरी बाल संरक्षण अनुदान स्वरुप दुई लाख २८ हजार प्रदान गरिएको छ । उक्त आवमा रु १० लाख ८८ हजार रकम फ्रिज भएको स्थानीय विकास अधिकारी हरिप्रसाद दाहालले बताए । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार