सोलुखुम्बुमा विप्लव माओवादीको चौकी कब्जा गर्ने प्रयास असफल !

133 Shares

सोलुखुम्बु । सोलुखुम्बुको एक प्रहरी चौकी कब्जा गर्ने विप्लव माओवादीले गरेको प्रयास असफल भएको छ । गए राति महाकुलुङ गाउँपालिका ३ छेस्काममा रहेको प्रहरी चौकी कब्जा गर्ने प्रयास असफल भएको हो ।

मध्यराति १२ बजेको समयमा २५–३० जनाको विप्लव माओवादीका कार्यकर्ता चौकी पुगेको भएपनि त्यसअघि नै त्यहाँ कार्यरत प्रहरी हतियार सहित बाहिरी सकेकाले कब्जाको रणनीति असफल भएको उच्च स्रोतले जनाएको छ ।
माओवादी कार्यकर्ता कब्जाको लागि आउदै गरेको सूचना पाएपछि चौकीमा कार्यरत ७ जना प्रहरी हतियार सहित सुरक्षित स्थानमा गएका थिए । प्रहरी र माओवादी कार्यकर्ताबीच भेट नभएको भएपनि मध्यान्न १२ बजेदेखि विप्लव कार्यकर्ता विहान ३ बजेसम्म चौकी क्षेत्रमै रहेको बताईएको छ ।
महाकुलुङ क्षेत्रमा केही दिनदेखि विद्युत नभका कारण नेपाल टेलिकमद्वारा वितरित सञ्चार सेवा अबरुद्ध भएको मौका छोपेर कब्जाको प्रयास गरिएको अनुमान गरिएको छ । यता जिल्ला प्रशसन कार्यालयमा सुरक्षा समितिको वैठक बसिरहेको भन्दै प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना मगरले अहिले भन्नुपर्ने कुरा केही नभएको बताए ।
प्रदेश र जिल्लाबाट नेपाली सेना र प्रहरीको टोली सो क्षेत्रमा हेलिकप्टर मार्फत पुगिसकेका छन् । सदरमुकाम सल्लेरीदेखि करिब २५ कोष टाढाको दूरीमा छेस्काम रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार