कर शिविरबाट २२ लाख राजस्व सङ्कलन

0 Shares

म्याग्दी, १३ भदौ । म्याग्दी सदरमुकाम बेनीमा सञ्चालन भएको दुई दिने घुम्ती शिविरबाट २२ लाखभन्दा बढी राजस्व सङ्कलन भएको छ ।

म्याग्दी उद्योग वाणिज्य सङ्घ र आन्तरिक राजस्व कार्यालय पोखराको संयुक्त आयोजनामा सदरमुकाम बेनीमा शनिबार र आइतबार सञ्चालन भएको घुम्ती शिविरमा २२ लाख छ हजार राजस्व सङ्कलन भएको हो ।

उक्त शिविरमा वार्षिक २० लाखभन्दा कम व्यवसाय गर्ने म्याग्दीका साना व्यवसायीले कर तिरेको म्याग्दी उद्योग वाणिज्य सङ्घले जनाएको छ । शिविरबाट म्याग्दीका बेनीबजार, गलेश्वर, तातोपानी र दरबाङ क्षेत्र र पर्वतको पारीबेनी माझफाँटलगायतका व्यवसायी लाभाविन्त भएका छन् ।

दुई हजार १०० साना व्यवसायी आबद्ध रहेको सङ्घमा ८८५ व्यवसायीले शिविरका क्रममा कर तिरेको म्याग्दी उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।

थोरै राजस्व तिर्न पोखरा जानु पर्दा दोब्बर खर्च हुने भएपछि राजस्व कार्यालय र म्याग्दी उद्योग वाणिज्य सङ्घबीचको सहकार्यमा हरेक वर्ष कर शिविर सञ्चालन हुँदै आएको छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार