किरात राई लेखक संघ झापाको अध्यक्षमा जितेन राई

Facebook Debugger

झापा । किरात राई लेखक संघको झापा जिल्लाको अध्यक्षमा जितेन साम्पाङ राई निर्वाचित भएका छन् । झापा दमकमा भएको भेलाले अध्यक्षमा राईलाई निर्वाचित गरेको हो ।

समितिको उपाध्यक्षमा राज चाम्लिङ, सचिवमा मौसम साम्पाङ, कोषाध्यक्षमा ससिता राई निर्वाचित भएका छन । सदस्यहरूमा समीर कुलुङ राई, सुनिल राई, निश्चल राई, पारस राई, निरन राई अस्मिता राई र सबिना साम्पाङ राई सर्बसहमत चयन भएका हुन । समितिको किरालेसंघ झापा जिल्ला कार्य समितिको सल्लाहकारहरुमा याम थुलुङ, बिराट किराती र टीबी राई रहेका छन् ।
कार्यक्रममा प्रमुख अतिथी संघको संस्थापक अध्यक्ष साहित्यकार राजन मुकारुङले नेपाली साहित्यको समीक्षा र किरात राई लेखकहरूको जिम्मेवारी बारे धारणा राखेका थिए ।
कार्यक्रममा संघको केन्द्रिय अध्यक्ष खुक्सङ खम्बु राईले संगठनको गतिविधि र भावि योजनाको बारेमा बताएका थिए ।

Published On:  238पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार