डिबी किरातीको ‘काँ जान्छौ तन्नेरी’ नाटक संग्रह विमोचन हुँदै

Facebook Debugger

काठमाडौं । लेखक, साहित्यकार तथा राजनीतिज्ञ डिबी किरातीको नाटक संग्रह ‘काँ जान्छौ तन्नेरी’ विमोचन हुने भएको छ । गाउँले परिवेशमा आधारित नाटक संग्रहको शदाव्दी पुरुष एवं सँस्कृतिविद सत्यमोहन जोशीको हातबाट विमोचन हुने लेखक किरातीले बताए ।

नाटक संग्रहमा ५ वटा गाउँले परिवेशमा आधारित विषयवस्तुलाई समेटिएको छ । युवायुवतीहरु विदेश नगई, स्वदेशमै बसेर श्रम र पसिना बगाउनु पर्छ भन्ने सन्देशलाई नाटकको मुख्य विषयवस्तु बनाइएको लेखक किरातीले बताए । यसको साथै १० वर्षे शसस्त्र युद्धमा आम नागरिकले भोगेको समस्यालाई पनि नाटकमा जोडदार रुपमा उठाइएको छ ।
काठमाडौं स्थित बत्तिसपुतली शिल्पी थिएटरमा जेठ २५ गते दिनको २ः३० बजे नाटक संग्रहको विमोचन गरिने किरातीले बताए । किरातीको चुनौती, मुल्केम (सुनुवार भाषा), भत्किएको घरहरु नाटक कृति प्रकाशित छन् । त्यसैगरी के तिमी ज्यूँदै छौ ? खण्डकाव्य, खोजी उपन्यास, पोका पन्तरा मुक्तक कविता संग्रह, के हो नयाँ नेपाल निबन्ध संग्रह, पागलको डायरी भाग १ कविता संग्रह, चौतारो निबन्ध संग्रह, पागलको डायरी भाग २ कविता संग्रह, किचन डायरी, किसानको हाते पुस्तिका, प्राङग्रारिक कृषि डायरी कृतिहरु किरातीको प्रकाशित छन् ।
उनी ४९ वर्षदेखि निरन्तर साहित्य, राजनीति र समसामयिक विषयमा कलम चलाइरहेका छन् । उनको दर्जनभन्दा बढी कृतिहरु प्रकाशोन्मुख छन् ।

Published On:  325पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार