काठमाडौ । ‘मिसेस आर्यन नेपाल २०१९’को ताज कविता ढकालले जितेकी छन् । पव्लिक च्वाइज र मोस्ट स्मार्टको सबटाइटल विधापनि कविताले आफ्नो पोल्टामा पारिन् ।

‘मिसेस आर्यन नेपाल २०१९’ को उपाधी कविताले आफ्नो शिरमा पार्दा फस्ट रनरअपको उपाधी स्र्पाकल पुरीले जितिन् । उता सेकेन्ड रनरअपको उपाधी सिमा थापाले उचालिन् । जमलको राष्ट्रिय नाचघरमा भएको फाइनलमा ‘मिसेस आर्यन नेपाल’को मुख्य निर्णायक सुगारिका केसीले सोधेको अन्तिम प्रश्नको उत्कृष्ट जवाफ दिदै कबिताले उपाधी जितेकी हुन् । विजेता ढकाललाई पूर्व मिस नेपाल सुगारिका केसीले ताज पहिराइदिइन् । विजेताले ताज, ट्रफि र प्रमाणपत्र पाएका छन् ।
एमाजोन इन्टरटेन्मेन्टले विवाहित महिलाहरुको क्षमता अभिवृद्धि र सामाजिक काममा अग्रसर गराउने उद्देश्यले आयोजना गरिएको ‘मिसेस आर्यन नेपाल २०१९’ को सबटाइटलमा क्रमश बेस्ट ट्यालेन्ट सिमा थापा खड्का, बेस्ट फोटोजेनिक स्र्पाकल पुरी, बेस्ट स्किन अस्मिता बसुला, बेस्ट हेयर पुजा रानी गैरे, बेस्ट स्माइल स्वस्थानी न्यौपाने, मोस्ट पपुलर पुजा रानी गैरे र बेस्ट ड्रेस स्र्पाकल पुरीले सबटाइटल अन्र्तगत जितेका छन् ।

‘मिसेस आर्यन नेपाल २०१९’को प्रतिस्पर्धीहरुलाई कोरियोग्राफ एमाजोन इन्टरटेन्मेन्टका अफिसिय कोरियोग्राफर हिमानी सुब्बाले गरेकी थिइन् । प्रतियोगीतामा निर्णायक मण्डलमा पुर्व मिस नेपाल सुगारिका केसी, सुभ आचार्य र निशु महर्जन रहेका थिए । विजेताहरुलाई ताज, ट्रफी, प्रमाणपत्र एमाजोन इन्टरटेन्मेन्टका अध्यक्ष कमल खतिवडा, अफिसिय कोरियोग्राफर हिमानी सुब्बा, जजहरु, अफिसियल फोटोग्राफर विशाल राइले प्रदान गरेका थिए । कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक नृत्यहरुपनि प्रस्तुत गरिएको थियो ।
२२ जेष्ठ २०७६, बुधबार
0
Shares






