नेपाल रेडक्रसमा ५१ करोड हिनामिना, थाई रेडक्रसले र्गयो उजुरी !

Facebook Debugger

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीका तत्कालीन अध्यक्ष सञ्जीव थापासहितका पदाधिकारीमाथि ५१ करोड रुपैयाँ हिनामिन गरेको आरोप लागेको समाचार राजधानी दैनिकले छापेको छ । त्यसैले नेपाल रेडक्रसविरुद्ध थाइल्याण्डको थाई रेडक्रसले नेपाली दूतावासमार्फत उजुरी गरेको समाचारमा उल्लेख छ ।

यसैगरी राजधानीमै पशुपतिनाथ मन्दिरको २३२ रोपनी अत्तोपत्तो नभएको समाचार पनि छ । बुधबार पशुपति क्षेत्र विकास कोषले पत्रकार सम्मेलन गरेर पशुपतिनाथ मन्दिरको सम्पत्ती सार्वजनिक गरेको थियो । पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार कूल ५ हजार ८० रोपनी जग्गामध्ये २३२ रोपनी जग्गाको लागत दर्ता प्रमाणित हुन बाँकी रहेकाले सो जग्गाको अवस्था थाहा हुन नसकेको समाचारमा उल्लेख छ ।
राजधानीले नेपाल राष्ट्र बैंकको ३० वर्षे अवकाश नीति हट्ने र नेपालको वायु प्रदुषणको कारण भारत रहेको समाचार पनि पहिलो पृष्ठमा छापेको छ ।

Published On:  91पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार