न्यारो बडीमा पनि ‘अनियमितता’

Facebook Debugger

काठमाडौं । वाइड बडीमाथि छानबिन गरिरहेको संसदीय समितिले चार वर्षअगाडि किनिएका एयरबसकै दुइटा न्यारो बडी जहाजमा पनि अनियमितता भएको अन्नपूर्ण पोष्टले पहिलो पृष्ठमा समाचार छापेको छ । नेपाल वायुसेवा निगमले ल्याएका ए ३२०-२०० सिरिजका न्यारोबडीमा पनि खरिद प्रक्रिया मिचेको र बजार मूल्यभन्दा बढी रकम खर्चिएर अर्बौं रुपैयाँ हानि र्पुयाएको समितिको ठम्याइ छ ।

ती जहाज हालका कार्यकारी अध्यक्ष मदन खरेल महाप्रबन्धक हुँदा किनेका हुन् । असार १४ र साउन १० मा भित्र्याएका ए३३०-२४३ वाइड बडी भने भर्खरै बाहिरिएका महाप्रबन्धक सुगतरत्न कंसाकारले ल्याएका हुन् । संसद्को अन्तराष्ट्रिय सम्बन्ध समितिले अनियमितताको निचोडसहित यसमा छलफल सुरु गरेको छ । वाइड बडीका सम्बन्धमा छलफल गर्न शुक्रबार डाकिएको बैठकमा पत्रकारलाई निषेध गरिएको थियो । बैठकमा न्यारो बडीका विषयमा पनि गहन छलफल भएको एक सहभागीले बताए ।
समितिले वाइड बडी खरिद छानबिन गर्न दीपकप्रकाश भट्टको संयोजकत्वमा गत मंसिर १९ गते उपसमिति गठन गरेको थियो । उपसमितिमा दिव्यमणि राजभण्डारी, रेनुका गुरुङ, सरलाकुमारी यादव र सुदन किराँती सदस्य छन् ।
उपसमितिले पाँच महिना लगाएर तयार पारेको प्रतिवेदन वैशाख २० गते नै समिति सभापति पवित्रा निरौलालाई बुझाएको थियो । प्रतिवेदनमाथि शुक्रबार अन्तराष्ट्रिय सम्बन्ध समितिको पूर्ण बैठकमा छलफल सुरु भएको हो । निगमले २०६६ कात्तिकमा एयरबसँग न्यारो बडी जहाज खरिद गर्ने सम्झौता गरेको थियो । त्यसअनुसार पाँच करोड रुपैयाँ बैनामार्फत एयरबसलाई पठाएको थियो । जहाज खरिदको स्रोत सुनिश्चित नगरी उक्त समयमा बैना रकम पठाएको विषय विवादमा परेपछि एयरले पैसा फिर्ता गरेको थियो । सोही समयको रकमलाई आधार मानेर एयरबससँग २०६९ सालमा अर्को सम्झौता भएको र उक्त सम्झौताअनुसार निगमले २०७१ माघमा पहिलो र २०७२ वैशाखमा दोस्रो न्यारो बडी भित्र्याएको थियो ।

Published On:  180पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार