कानेपोखरी दोस्रो अध्यक्ष कप फुटबल खेलमा ७ नम्बर विजयीे

Facebook Debugger

मोरङ । मोरङको कानेपोखरी हाउँपालिकामा आज (शनिबार)देखि खेलकुद सप्ताह शुरु भएको छ । आज भएको फुटबलतर्फ दोस्रो अध्यक्ष कप-२०७६,को उद्घाटन खेलमा वडा नं. ७ विजयी भएको छ ।


कानेपोखरी खेलकुद विकास समितिको आयोजनामा आइतबारेको खेल मैदानमा भएको खेलमा वडा नं. ७ ले वडा नं. २ लाई शून्यको विरुद्ध ५ गोल गर्दै प्रतियोगिताको दोश्रो चरणमा प्रबेश गरेको हो ।
मध्यान्तर अघि खेलको १७ औं मिनेटमा वडा नं. ७ को तर्फबाट रोषन साप्कोटाले १ गोल लगाउँर्दै खाता खोलेका थिए । त्यसैगरी खेलको २१ र २४ र्औ मिनेटमा कमल परियारले क्रमश २ गोल लगाएका थिए ।


मध्यान्तर पछि खेलको २२ औँ मिनेटमा आयम गुरुङ र ३३ औँ मिनेटमा बद्रि कार्कीले गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच विजेता टोलीका कमल परियार घोषित भएका थिए । भोलि (आइतबार)को खेल वडा नं. ३ र ४ विच खेल हुने आयोजक समितिका संयोजक भूपाल श्रेष्ठले बनाए ।
संजीव गुरुङको संयोजनमा मितेरी युवा क्लबको व्यवस्थापनमा भएको फुटबल खेलको विजेताले ८० हजार र उपविजेताले ५० हजार, ट्रफि,प्रमाण पत्र र मेडल पाउने छ । खेलकुद विकास समिति कानेपोखरीले अध्यक्ष कप फुटबल, भलिबल, क्रिकेट, व्याडमिन्टन, बुद्धिचाल, एथलेटिक्स, मैत्रिपूर्ण महिला फुटबल खेल र म्याराथन लगाएतको खेल प्रतियोगिता सुरु गरेको छ ।

Published On:  271पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार