‘सँस्कृति नउठाए देश समृद्ध हुँदैन’ : संस्कृतिविद् जोशी

21 Shares

काठमाडौैं । शताब्दीपुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीले भौतिक विकासले मात्र नेपाल समृद्ध नहुने बताएका छन् । नेपाल पाँच वर्षभित्र समृद्ध हुने भनेर अहिलेको सरकारले प्रचार तथा त्यही अनुसारको भौतिक विकास गरेको भए पनि संस्कृतिलाई उठाउने प्रयास नगरेको बताए । उनले भने, ‘संस्कृतिलाई नउठाएसम्म देश समृद्ध हुन सक्दैन ।’

संस्कृतिविद् तथा शताब्दी पुरुष जोशीले नेपाल बहुसांस्कृतिक देश भएकाले संरक्षण गरेर माथि उठाउनुपर्नेमा जोड दिए । आज नाटककार डिबी किरातीको ‘काँ जान्छौ तन्नेरी’ नाट्यकृति विमोचन गर्दै यस्तो बताएका हुन् । नाटककार किरातीको चौथो नाटक तथा तेह्रौँ कृृतिको रुपमा आज शताब्दीपुरुष जोशीले शिल्पी थियटरमा विमोचन गरे ।
जोशीले नाटकको समीक्षा गर्दै किराती संस्कृति नेपालको सबैभन्दा उच्च रहेकाले यसको संरक्षण आवश्यकता तथा उठानको आवश्यकता रहेको बताए । उनले नाटक एउटा कृति भए पनि यो अभिनयको माध्यम भएको बताए ।

उनले भने, ‘गणित, नृत्य र नाटकीय अभिनयका लागि भाषा अनिवार्य चाहिन्न । भाव तथा संकेतमार्फत वुझिन्छ ।’ उनका अनुसार गणितमा दुई र दुई जोड्दा अक्षर नै चाहिन्न । त्यस्तै नृत्य जुन भाषाको गीतमा गरिएको भए पनि सबैलाई राम्रो लाग्छ भने अभिनयमा पनि भावले सबै वुझाउन सक्ने भएकाले भाषा अनिवार्य नभएको बताए ।
नाटककार किरातीले यस तीन महिनाको अवधिमा मात्र दुई कृति बजारमा ल्याएका हुन् । गत चैतमा प्रांगारिक कृषि डायरी बजारमा ल्याएका किरातीको काँ जान्छौ तन्नेरी नाटक बजारमा ल्याएका हुन् ।
खोजी, के तिमी जिउँदै छौं ?, मुल्केम, पोकापन्तरा, पागलको डायरी, भत्किएका घर, चौतारो, किचन गार्डेन लगायत उनका एक दर्जन कृति प्रकाशित छन् ।

यो पनि पढ्नुहोस ।

डिबी किरातीको ‘काँ जान्छौ तन्नेरी’ नाटक संग्रह विमोचन हुँदै

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार