प्रधानमन्त्री कप क्रिकेट : पुरस्कारमा ठगिए खेलाडी !

Facebook Debugger

काठमाडौं । सरकारले नै आयोजना गरेको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको पुरस्कारमा खेलाडी ठगिएका छन् । मोटरसाइकल पाउनुपर्ने खेलाडीले ५० हजार र ५० हजार पाउनुपर्ने खेलाडीले ३० हजार मात्रै पुरस्कार पाएको नयाँ पत्रिकामा खबर छ ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेपालय इन्टरनेसनलको व्यवस्थापनमा भएको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल पुरस्कार घोषणा गरिएको थियो । तर, व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट घोषित नेपाल पुलिसका खेलाडी ललितनारायण राजवंशीलाई शनिबार नगद ५० हजार दिएर टारिएको छ । त्यस्तै उत्कृष्ट ब्याट्सम्यान र बलरलाई ५० हजार नगद घोषणा गरेकोमा ३० हजारले मात्रै पुरस्कृत गरियो । उत्कृष्ट बलर राजवंशी नै भएका हुन् भने उत्कृष्ट ब्याट्सम्यान त्रिभुवन आर्मीका राजु रिजाल हुन् ।
उनीहरूलाई शनिबार खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले नै पुरस्कृत गरेका थिए । जब कि व्यवस्थापक नेपालय इन्टरनेसनलले प्रतियोगिता सुरु हुनुअघि २ जेठमा पत्रकार सम्मेलन गर्दै विज्ञप्ति नै निकालेर पुरस्कार घोषणा गरेको थियो। यसबारे जानकार मन्त्री विश्वकर्मा र सदस्यसचिव विष्ट शनिबार खेलाडीलाई पुरस्कृत गर्दा थाहा नभएजस्तो गरे । १० जेठदेखि शनिबारसम्म मूलपानी र कीर्तिपुर क्रिकेट मैदानमा प्रतियोगिताका खेलहरू भएका थिए ।

Published On:  169पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार