प्रदेश १ को बजेटले छोएन सगरमाथा क्षेत्रलाई ? महत्वकांक्षी योजना मात्रै राखियो !

  बुद्धवीर बाहिङ
0 Shares

सोलुखुम्बु । प्रदेश नं. १ सरकारले भर्खरै सार्वजनिक गरेको नीति तथा कार्यक्रममा समावेश योजना हेर्दा विश्वकै उच्च शिखर सगरमाथा क्षेत्रलाई खासै छोएको छैन् । महत्वकांक्षी केहि योजना बाहेक सगरमाथा क्षेत्रका आम नागरिकले तत्कालै महशुस गर्ने न कुनै ठोस योजना छ ? न कुनै पर्यटनमुखी कार्यक्रम नै ?

नीति तथा कार्यक्रमको ५३ बुदाँमा ‘हाम्रो गौरव हाम्रै शान, सगरमाथा र केचनाले प्रदेशकै राख्छ उच्च मान’ भन्ने भावनालाई मूर्तरुप दिन केचनादेखि सगरमाथा आधारशिविरसम्म द्रुत सडक यातायातले जोड्ने गरी परियोजना अघि बढाईने छ भनि उल्लेख गरिएको छ । यो महत्वकांक्षी मात्रै होइन महामहत्वकांक्षी योजना हो । किनभने सोही बुँदामा पर्यापर्यटनको लागि ४ वर्षभित्र सबै स्थानीय तहमा सर्वकालिन सडक पुर्याउने कार्यक्रम घोषणा गरेको छ । स्थानीय तहमा सडक पुर्याउनको लागि त अझै ४ वर्ष सयम लाग्छ भने केचनादेखि सगरमाथाको आधारशिविरसम्म सडक पुर्याउन कति लाग्ला ? आफै अनुमान लगाउनुहोस !
यसै आर्थिक वर्षमा धरान भेडेटार नाम्जे र खुम्वु चौरीखर्क नाम्चे दुधकुण्डमा केवलकार संचालनको लागी विस्तृत अध्ययनको काम शुरु गरिने नीति तथा कार्यक्रममा राखिएको छ । अघिल्लो वर्षको नीति तथा कार्यक्रमा केबलकारको बारेमा चर्चा चलेपनि कुनै कार्यक्रम गरिएन मात्र चर्चामै सिमित रह्यो । यस वर्षको नीति कार्यक्रममा राखिएको योजनाहरु व्यवहारमा समेत लागू होस ।
प्रदेश १ को पर्यटन क्षेत्रको नीति तथा कार्यक्रम पूर्णपाठ हेर्नुहोस !
५३. पर्यापर्यटन ९भ्अय त्यगचष्कm० एवम् सांस्कृतिक विशिष्टतालाई समेत ख्याल गरी आउने ४ वर्ष भित्र सवै स्थानीय तहमा सर्वकालिन सडक पुर्यायईनेछ । गत वर्षको नीति कार्यक्रममा समावेश भएको “हाम्रो गौरब हाम्रै शान, सगरमाथा र केचनाले प्रदेशकै राख्छ उच्च मान” भन्ने भावनालाई मूर्तरुप दिन केचनादेखि सगरमाथा आधार शिवीरसम्म द्रुत सडक यातायातले जोड्ने गरी परियोजना अघि बढाईनेछ ।
८८. पर्यटक र अतिथिको सत्कार, प्रदेश १ को संस्कार लाई अवलम्वन गर्दै नेपाल भ्रमण वर्ष सन् २०२० लाई सार्थक बनाइनेछ । राष्ट्रिय लक्ष्यसँग पर्यटन प्रवर्द्धनलाई आवद्ध गर्दै यस प्रदेशमा ५ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिनेछ ।
८९. हिमाली क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ कञ्चनजंगा क्षेत्रदेखि सगरमाथा आधार शिविरसम्म हिमालयन पदमार्ग निमार्ण गरिनेछ । पदयात्रा पर्यटनलाई बढावा दिन प्रदेशका सवै स्थानीय तह र प्रमुख पर्यटकीय स्थललाई छुने गरी प्रादेशिक पदयात्रा मार्गको निर्माण गरिनेछ ।


९३. राष्ट्रिय तथा अन्तराष्ट्रिय महत्वका सिमसार क्षेत्रको संरक्षण र बुद्धिमत्तापूर्ण उपयोग गर्दै पर्यापर्यटनको गन्तव्यको रूपमा विकास गरिनेछ । रामसारमा सुचिकृत सिमसारको संरक्षण र विकासको गुरुयोजना बनाई कार्यान्वयन गरिनेछ ।
९४. प्रदेशको गौरवको रुपमा रहेका निकुञ्ज, आरक्ष र संरक्षण क्षेत्रको जैविक विविधता संरक्षण मार्फत पर्यापर्यटन प्रवर्द्धनका लागी संघीय सरकारसँग सहकार्य गरिनेछ । इटहरी उपमहानगरपालिका अवस्थित तालतलैया क्षेत्रलाई प्रदेशकै एक प्रमुख आर्कषक पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्न लगानी वोर्ड मार्फत प्रदेश सरकार, निजी क्षेत्र, स्थानीय तह र समुदायको शेयर साझेदारी प्रवर्द्धन गरिनेछ ।
९५. प्राकृतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक, राष्ट्रिय सम्पदा र उद्यानलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरी पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा जोड दिईनेछ । धार्मिक, सांस्कृतिक एवम् रमणीय पर्यटकीय क्षेत्रमा सम्भाव्यताको आधारमा केवलकार निर्माण गर्न निजी क्षेत्रसंग सहकार्य गरिनेछ । यस आ.व.मा कम्तिमा २ स्थान क्रमश धरान भेडेटार नाम्जे र खुम्वु चौरीखर्क नाम्चे दुधकुण्डमा केवलकार संचालनको लागी विस्तृत अध्ययनको काम शुरु गरिनेछ । खेल पर्यटन प्रवर्द्धनका लागी स्काई रनिङ्ग र ट्रेल रेस जस्ता कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
९६. युवावर्गलाई लक्षित गरी साहसिक पर्यटनमा आधारित र्याफ्टिीङ्ग, माउण्टेन बाईक, रक क्लाइम्बिङ्ग, पदयात्रा तथा जलयात्राका लागी उपर्युक्त स्थान छनौट, विकास तथा प्रवर्द्धन गरी युवा रोजगारी बढाईने छ । हिमाली क्षेत्रमा पर्यटन प्रवर्द्धनको लक्ष्य सहित यस प्रदेशमा अवस्थित आठ हजार मिटर माथिका हिमालको आरोहण गर्ने आरोही, पर्यटन व्यवसायी तथा प्रवर्द्धक सम्मिलित एक समिटर्स समिटको आयोजना गरिनेछ ।
९७. संघीय सरकार मातहत सोलुखुम्बुको गार्मामा स्थापित पर्वतीय प्रशिक्षण प्रतिष्ठानलाई प्रदेश सरकार मातहत ल्याई यसैवर्ष भित्र छुट्टै पर्यटन महाविद्यालय स्थापनाको लागी अध्ययन कार्य थालिनेछ ।
९८. सोलुखुम्बु, भोजपुर, संखुवासभा र खोटाङ्ग जिल्लाको सिमाना साल्पा उपत्यका क्षेत्रमा रहेको साल्पापोखरी र सिलिचुङ्ग चुली रहेको क्षेत्रलाई प्राकृतिक र किराँतहरुको धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गरी मुन्धुम ट्रेल पदमार्ग निर्माणको काम यसैवर्ष शुरु गरिनेछ । इलामको चुच्चीनाम्वा हुँदै ऐतिहासिक लव्वेकुटी फत्तालुङ्गसम्म महागुरु फाल्गुणानन्द पदमार्ग निर्माण गरिनेछ ।
८८. पर्यटक र अतिथिको सत्कार, प्रदेश १ को संस्कार लाई अवलम्वन गर्दै नेपाल भ्रमण वर्ष सन् २०२० लाई सार्थक बनाइनेछ । राष्ट्रिय लक्ष्यसँग पर्यटन प्रवर्द्धनलाई आवद्ध गर्दै यस प्रदेशमा ५ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिनेछ ।
८९. हिमाली क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ कञ्चनजंगा क्षेत्रदेखि सगरमाथा आधार शिविरसम्म हिमालयन पदमार्ग निमार्ण गरिनेछ । पदयात्रा पर्यटनलाई बढावा दिन प्रदेशका सवै स्थानीय तह र प्रमुख पर्यटकीय स्थललाई छुने गरी प्रादेशिक पदयात्रा मार्गको निर्माण गरिनेछ ।


९०. भेडेटार राजारानी हुदै रवी राकेको सिद्धिथुम्कासम्मको क्षेत्रलाई महाभारत हरित कृषि पर्यटन क्षेत्रको रुपमा घोषणा गरी विशेष हरित कृषि कार्यक्रम लागु गरिनेछ ।
९१. एक पालिका एक आकर्षक पर्यटकीय पूर्वाधार निर्माणको काम स्थानीय तहसँगको सहकार्यमा शुरु गरिनेछ । धरान उपमहानगरपालिकालाई पर्यटकीय पालिका घोषणा गरी आवश्यक पर्यटकीय पूर्वाधार निर्माणको लागी उपमहानगरपालिकासँग सहकार्य र साझेदारी गरिनेछ ।
९२. आध्यात्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न चतरा क्षेत्रलाई कुम्भ क्षेत्र घोषणा गरी आवश्यक पूर्वाधार निर्माण गरिनेछ । बराह क्षेत्र, रामधुनी, दन्तकाली, बुढा सुव्वा पिण्डेश्वरी धाममा पूर्वाधार विकास गर्दै धार्मिक पर्यटन सर्किटको विकास गरिनेछ । हलेसी, वराहक्षेत्र र पाथिभरालाई विशेष धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थलको रुपमा विकास गरिनेछ । तराईका जनजातीहरुको सस्कृति संरक्षणका लागी महाराज थानको रुपमा रहेको सोनवर्षी थान मोरङ्गको संरक्षण र विकास गरिनेछ । विराटनगर स्थित मुस्लिम धर्मावलम्बीको मुसाफिर खानाको निर्माणमा आवश्यक सहयोग गरिनेछ ।
९३. राष्ट्रिय तथा अन्तराष्ट्रिय महत्वका सिमसार क्षेत्रको संरक्षण र बुद्धिमत्तापूर्ण उपयोग गर्दै पर्यापर्यटनको गन्तव्यको रूपमा विकास गरिनेछ । रामसारमा सुचिकृत सिमसारको संरक्षण र विकासको गुरुयोजना बनाई कार्यान्वयन गरिनेछ ।
९४. प्रदेशको गौरवको रुपमा रहेका निकुञ्ज, आरक्ष र संरक्षण क्षेत्रको जैविक विविधता संरक्षण मार्फत पर्यापर्यटन प्रवर्द्धनका लागी संघीय सरकारसँग सहकार्य गरिनेछ । इटहरी उपमहानगरपालिका अवस्थित तालतलैया क्षेत्रलाई प्रदेशकै एक प्रमुख आर्कषक पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्न लगानी वोर्ड मार्फत प्रदेश सरकार, निजी क्षेत्र, स्थानीय तह र समुदायको शेयर साझेदारी प्रवर्द्धन गरिनेछ ।
९५. प्राकृतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक, राष्ट्रिय सम्पदा र उद्यानलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरी पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा जोड दिईनेछ । धार्मिक, सांस्कृतिक एवम् रमणीय पर्यटकीय क्षेत्रमा सम्भाव्यताको आधारमा केवलकार निर्माण गर्न निजी क्षेत्रसँग सहकार्य गरिनेछ । यस आ.व.मा कम्तिमा २ स्थान क्रमश धरान भेडेटार नाम्जे र खुम्वु चौरीखर्क नाम्चे दुधकुण्डमा केवलकार संचालनको लागी विस्तृत अध्ययनको काम शुरु गरिनेछ । खेल पर्यटन प्रवर्द्धनका लागी स्काई रनिङ्ग र ट्रेल रेस जस्ता कार्यक्रमहरु सञ्चालन गरिनेछ ।


९६. युवावर्गलाई लक्षित गरी साहसिक पर्यटनमा आधारित र्याफ्टिीङ्ग, माउण्टेन बाईक, रक क्लाइम्बिङ्ग, पदयात्रा तथा जलयात्राका लागी उपर्युक्त स्थान छनौट, विकास तथा प्रवर्द्धन गरी युवा रोजगारी बढाईने छ । हिमाली क्षेत्रमा पर्यटन प्रवर्द्धनको लक्ष्य सहित यस प्रदेशमा अवस्थित आठ हजार मिटर माथिका हिमालको आरोहण गर्ने आरोही, पर्यटन व्यवसायी तथा प्रवर्द्धक सम्मिलित एक समिटर्स समिटको आयोजना गरिनेछ ।
९७. संघीय सरकार मातहत सोलुखुम्बुको गार्मामा स्थापित पर्वतीय प्रशिक्षण प्रतिष्ठानलाई प्रदेश सरकार मातहत ल्याई यसैवर्ष भित्र छुट्टै पर्यटन महाविद्यालय स्थापनाको लागी अध्ययन कार्य थालिनेछ ।
९८. सोलुखुम्बु, भोजपुर, संखुवासभा र खोटाङ्ग जिल्लाको सिमाना साल्पा उपत्यका क्षेत्रमा रहेको साल्पापोखरी र सिलिचुङ्ग चुली रहेको क्षेत्रलाई प्राकृतिक र किराँतहरुको धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गरी मुन्धुम ट्रेल पदमार्ग निर्माणको काम यसैवर्ष शुरु गरिनेछ । इलामको चुच्चीनाम्वा हुँदै ऐतिहासिक लव्वेकुटी फत्तालुङ्गसम्म महागुरु फाल्गुणानन्द पदमार्ग निर्माण गरिनेछ ।
९९. इलामको चिया र अन्य कृषि उपजलाई त्यसक्षेत्रको पर्यटकीय सौन्दर्यतासँग जोडी नवोदित र अनुपम पर्यटकीय गन्तव्य स्थलको रुपमा स्थापित गराउन फिकल, माइपोखरी, सन्दकपुर, श्रीअन्तु लगायतको पर्यटकीय गन्तव्यमा थप पूर्वाधार र पर्यटकीय सेवा सुविधाको विस्तार गरिनेछ । सुर्योदय नगरपालिकाको फिकलमा नगरपालिकासँगको लागत साझेदारीमा टि टेस्टिङ्ग हाउस निर्माण गरिनेछ ।
१००. २५ पटक सगरमाथा शिखर आरोहण गर्ने यस प्रदेशका सगरमाथा आरोही विश्व किर्तीमानी आङ्गरीता शेर्पा र अल्ट्रा म्याराथुन खेलबाट नेपाललाई विश्वभरि चिनाउने धाविका मिरा राईलाई विशेष सम्मान गरिनेछ ।
१०१. संघीय सरकारसंगको समन्वय र सहकार्यमा विराटनगर विमानस्थललाई विस्तार र स्तरोन्नती गरी अर्न्तराष्ट्रिय, राष्ट्रिय र प्रादेशिक विमानस्थलसँग आबद्ध गरिनेछ । विराटनगर विमानस्थलबाट आन्तरिक पर्वतीय दृष्यावलोकन उडानलाई प्रवर्द्धन गरिनेछ । पर्यटन प्रवर्द्धन सम्बन्धी उल्लेखित नीति कार्यक्रमको कार्यान्वयनबाट एक नम्बर प्रदेशको शान, सबैको अनुहारमा मुस्कान भन्ने सांकेतिक नारा वास्तविकतामा रुपान्तरण हुने विश्वास लिएको छु ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार