छोरी बलात्कारको आरोपमा मन्त्रालयका उपसचिव पक्राउ

21 Shares

ललितपुर । छोरीलाई बलात्कार गरेको आरोपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक उपसचिव पक्राउ परेका छन् ।


उनले १८ वर्षीया आफ्नै छोरी बलात्कार गरेको आरोप लागेपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी नारायण चिमोरियाले जानकारी दिए । महोत्तरीका स्थायी घर भएका उनी ललितपुर बस्दै आएका थिए । उनले छोरीलाई विगत ३÷४ वर्षदेखि बारम्बार बलात्कार गर्दै आएको आरोप लागेको छ ।
छोरी बलात्कार गरेको आमाले थाहा पाए पनि घटना आफ्नै घरको भन्दै लुकाएको प्रहरीको दाबी छ । तर बलात्कारको क्रम नरोकिएपछि जेठ १९ गते घटना बाहिर आएको हो । किशोरी र उनकी आमाले प्रहरीमा उजुरी दिएपछि उनलाई सोमबार पक्राउ गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार