रोनाल्डोलाई पछि पार्दै मेस्सी बने सर्वाधिक कमाई गर्ने खेलाडी

Facebook Debugger

एजेन्सी । एक वर्षको अन्तरालमा लिओनेल मेस्सीले २०० मिलियन डलर बराबरको कमाई गरेको एक आर्थिक अध्ययनले बताएको छ ।


प्रतिद्वन्दी क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै बार्सिलोना स्टार लिओनेल मेस्सीले यो वर्ष सर्वाधिक कमाई गर्ने खेलाडी बनेका हुन् । फोर्ब्स म्यागजिन अनुसार मेस्सीले १ वर्ष यता १ सय २७ मिलियन डलर कमाएको बताएको छ । रोनाल्डोको भने मात्र १ सय ९ मिलियन डलर कमाई गरेको म्यागजिनमा उल्लेख छ ।
मेस्सी, रोनाल्डो पछि फुटबलर नेय्मार तेस्रो बनेका छन् । उनले १ सय ५ मिलियन डलर कमाई गरेको तथ्यांकमा उल्लेख छ । नेय्मार पछि रोजर फेडेररको कमाइ सर्वाधिक रहेको छ । उनको कमाइ ९३.४ मिलियन डलर छ । उनी एक टेनिस खेलाडी हुन् ।
अन्य १० भित्र बक्सर कान्सेलो अल्भारेज, दुई अमेरिकन फुटबलर रुस्सेल विल्सन र आरोन रोजर्स, अनि तिन बास्केटबल खेलाडी लिब्रोन जेम्स, स्टेफेन कर्री र केभिन दुरान्ट परेका छन् । एक मात्रै महिला सेरेना विल्लिम्स २९ मिलियन डलर कमाइ गर्दै एक मात्रै महिला खेलाडी ६३ औं स्थानमा पर्न सफल भईन । खेलाडीको उक्त सूचीमा स्थान पाउन खेलाडीको कमाइ २५ मिलियन डलर माथिको हुनु पर्ने छ ।

Published On:  254पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार