ममताको गीतमार्फत मोडलिङमा शान्तिराजको ‘डेब्यू’ (भिडियोसहित)

Facebook Debugger

काठमाडौं । पत्रकार शान्तिराज राई मोडलिङ क्षेत्रमा डेब्यू गरेका छन् । गीतकार ममता राईको ‘बाटो त तिम्ले फेरेउ’ गीतको म्युजिक भिडियोबाट पत्रकार राईले मोडलिङ क्षेत्रमा डेब्यू गरेका हुन् ।


शान्तिराजको पहिलो म्युजिक भिडियो भएता पनि उनले जीवन्त अभिनय गरेका छन् । भिडियोमा उनीसँगै सुहाङ लिम्बू, सीता राई साथै टिक टकबाट चर्चामा आएकी बालकलाकार नुमा राइले पनि जीवन्त अभिनय गरेका छन ।
गीतमा राजेन्द्र राई आवाज, दिप घतानिको सङ्गीत र फनिन्द्र राईको संगीत संयोजन रहेको छ । म्युजिक भिडियोलाई बिनोद वान्तावा राईको छायाङ्कन, नाजु राईको श्रृंगार र इन्द्र जिजिबिषाले निर्देशन गरेका हुन् ।
केही वर्षदेखि न्युयोर्कमा बस्दै आइरहेकी गीतकार राई पेशाले व्युटिसियन हुन् । फुर्सदको समयमा उनी समाजसेवको साथमा मोडलिङ पनि गरिरहेकी छिन । गीतकार राईको दर्जनौ गीतहरु रेकर्ड भैसकेका छन् । उनी जनहित फाउण्डेशन’की सञ्चालिका पनि हुन् । उक्त फाउन्डेशनले प्रत्येक वर्ष सोलुखुम्बुका गरिब जेहेन्दार ३ जनालाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । समय समयमा उनले बृद्धबृद्धाहरुलाई लत्ताकपडाका साथै आर्थिक सहयोग पनि गर्दै आएकी छन् ।

Published On:  257पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार