दुःखी नहुनुहोस ? खुशी रहन यी १४ उपाय अपनाउनुहोस !

Facebook Debugger

एजेन्सी । खुशी रहने तरिका सबैका लागि एउटै नहुन सक्छ । कोही शान्त वातावरणमा रमाउँदा खुशी हुन्छन्, भने कोही आफ्नो मिल्ने साथीहरुसँग समय बिताउन पाउँदा खुशी हुन्छन् ! र कोही आफ्नो सपनालाई पछ्याउँदै स्वतन्त्र रुपमा अगाडि बढ्नुलाई खुशी मान्छन् !
जुनसुकै अवस्थामा भएपनि खुशी रहनु ठूलो कुरा हो । खुसीले मानिसलाई आत्मसन्तुष्टि दिन्छ । तपाईंलाई कसरी खुशी रहने भनेर सोचिरहनु भएको छ भने यी १४ उपायहरु अपनाउनुहोस ।


१. मुस्कुराउनुस् !
हामी खुशी हुँदा हाँस्ने गर्छौँ । हामी जब खुशी हुन्छौँ तब हाँस्छौँ । मुस्कुराउनु किन राम्रो हो भने यसले दिमागबाट डोपामिन नामक हर्मोन रिलिज गर्छ, जसले गर्दा हामी खुसी हुन्छौँ । हाँसोको मतलब बनावटी हाँसो होइन । हरेक बिहान ऐना अगाडि हाँस्ने अभ्यास गर्नुस, खुशी हुन सकिन्छ ।


२. व्यायाम गर्नुस !
व्यायाम शरीरका लागि मात्र आवश्यक छैन । नियमित व्यायामले तनाव, चिन्ता अनि डिप्रेसनका लक्षणहरुलाई आत्मविश्वास र खुशीमा बदल्न मद्दत गर्छ । थोरै मात्र व्यायाम गर्दा पनि धेरै फरक पार्छ । ५ मिनेट पनि आङ तन्काउनु भयो भने हल्का हुन्छ । त्यसैगरी हिँड्ने बानी बसाल्नुस । रातिको खाना खाएपछि एकछिन टहल्नु राम्रो हुन्छ । त्यसैगरी योग कक्षा पनि लिन सक्नुहुन्छ । नृत्य गर्नुहोस, आफ्नो मनपरेको खेलकुद खेल्नुस् खुशी भइन्छ ।


३. पर्याप्त मात्रामा सुत्नुस् !
पर्याप्त मात्रामा सुत्नाले स्वास्थ्य राम्रो बनाउनुका साथै दिमागी सञ्चालन र भावनात्मक रुपले पनि राम्रो राख्छ । वयस्क मान्छेले राति कम्तीमा ७ देखि ८ घन्टा मज्जाले सुत्नुपर्छ । यदि दिउँसो निद्रा लाग्छ या आलस्य महसुस हुन्छ भने जान्नुस् तपाईंलाई आरामको जरुरत छ । सुत्ने र उठ्ने तालिका हरेक दिन एउटै बनाउनुस् । आफ्नो सुत्ने कोठा शान्त र सौम्य राख्नुस् । दिउँसो झप्को लिनु पर्दा २० मिनेट भन्दा बढी नलिनुस् । निद्रा नलागे चिकित्सकसँग सम्पर्क गर्नुस् ।


४. कृतज्ञ हुन सिक्नुस् !
आफू कृतज्ञ हुनुभयो भने तपाईंको मुडलाई पनि ऊर्जा प्राप्त हुन्छ । कृतज्ञ हुँदा आशा गर्ने बानी र खुसी रहने बानीमा पनि परिवर्तन आउने एक अध्ययन बताउँछ । आफ्नो वरिपरि रहेका सकारात्मक कुरालाई नियाल्न सिक्नुहोस् । राम्रा अनि सन्तुष्टि दिने कुरामा ध्यान दिनुहोस, चाहे तपाईंलाई कसैले माया गर्छ वा तपाईंको जागिरमा बढोत्तरी भएको छ, त्यसबाट खुसीको अंश निकाल्नुस् । सहपाठीले तपाईंलाई सामान्य चिया गफको लागि निम्तो दियो वा छिमेकीले हात हल्लाएर हालखबर सोधे पनि मन खुशी पार्ने अर्को तरिका हो ।
५. अरुको प्रशंसा गर्न सिक्नुस् !
एक अध्ययनका अनुसार अरुलाई प्रशंसा गर्दा, दयाभाव देखाउँदा आफूलाई सन्तुष्टि मिल्छ । कसैैलाई राम्रो प्रतिक्रिया दिँदा उसलाई पनि राम्रो महसुस हुन्छ, भने तपाईंको खुशीको सीमा पनि बढ्छ । तर प्रशंसा गर्दा पनि सम्मानित तरिकाले गर्नुस् । यदि तपाईंले कसैलाई शारीरिक आवरणबाट प्रतिक्रिया जनाइराख्नुहुन्छ भने यी कुरामा ध्यान दिनुहोस् ।
६. लामो श्वास फेर्ने अभ्यास गर्नुस् !
आफूलाई संयमित राख्न लामो श्वास लिनुस् । लामो श्वासप्रश्वासको व्यायामहरुले चिन्ताबाट मुक्त गर्ने हार्भर्ड हेल्थ बताउँछ । आँखा बन्द गर्नुस, आफूले मनपरेको राम्रो ठाउँ र यादगार सम्झना कल्पिनुस् । त्यसैगरी विस्तारै लामो श्वास नाक र मुखबाट लिनुस् । यो प्रक्रिया धेरै पटक गर्नुस, तपाईंलाई शान्त महसुस हुन्छ । यदि तपाईं कुनै गाह्रो अवस्थासँग जुधिरहनु भएको छ भने यो प्रक्रिया अपनाउन सक्नुहुन्छ ।
७. बेखुसीको क्षण पनि स्वीकार्नुस् !
सकरात्मक कुरा जहिल्यै पनि राम्रो हुन्छ तर जहिले पनि जीवनमा त्यही भइराख्छ भने हुन्न । सकारात्मक र नकारात्मक चिज जीवनको दुई पाटा हुन् । केही अशुभ समाचार छ या तपाईंले केही गल्ती गर्नुभएको छ भने जबर्जस्ती खुशी हुने प्रयत्न नगर्नुस् । आफूले गरेको गल्ती या बेखुसीलाई पनि स्वीकार्नुस् । नराम्रो क्षण या दुःखद क्षण कस्तो हुन्छ भनेर आत्मबोध गर्नुस् र यो मनन गर्नुस् की, किन आफू दुःखी हुन पुगेँ र फेरि त्यो नदोहो¥याउने प्रयत्न नगर्नुस् ।
८. डायरी या टिपोट गर्ने बानी बसाल्नु !
लेख्नु आफ्ना विचार तथा भावना पोख्ने अनि प्लानहरु बनाउने राम्रो माध्यम हो । यसरी लेख्दा मन हल्का हुन्छ । लेख्नका लागि तपाईं विद्धान वा एकदमै लेख्न जान्ने हुनुपर्छ भन्ने छैन । हरेक रात सुत्नुभन्दा पहिले केही न केही लेख्ने बानी बसाल्नुस् ।

९. साथीभाइसँग भेट्नुस् !
मिल्ने साथी भयो भने धेरै कुरा सेयर पनि हुन्छ र खुशी रहन सकिन्छ । साथीहरुको याद आयो भने समय मिलाएर भेट्नुस् । प्रत्यक्ष भेटेर कुरा गर्दा र फोन तथा म्यासेजमा कुरा गर्दाको क्षण नै छुट्टै हुन्छ । जति ठूलो हुँदै गयो, साथीहरु पनि घट्दै जान्छन् । तर धेरै साथीहरु हुनु ठूलो कुरा होइन, मिल्ने साथी हुनुपर्छ । एउटै साथी भए पनि काफी हुन्छ । नत्र तपाईंले साथीको रुपमा घरपालुवा जनावर पाल्न सक्नुहुन्छ । अहिले कुकुर पाल्ने निकै नै चलन छ । विभिन्न अध्ययनका अनुसार कुकुरले मानिसको सच्चा साथी र तनाव मुक्त गर्न सक्छ ।
१०. हप्तामा एकदिन फोन बन्द राख्नुस् !
हप्तामा एकदिन भए पनि फोन बन्द राख्नुस् । हुन त हामी अहिले फोनबिना बाँच्नै नसक्ने जस्तै भएका छौँ । दिनरात फोन चलाउँदा मानिसमा सिर्जनात्मकता पनि घट्दै गएको छ । आफ्नो विद्युतीय सामान जस्तैः फोन, ल्यापटप, हप्ताको कम्तीमा एक दिन अफ गर्नुस् । यी कुरा त जहिल्यै आफूसँगै रहने वस्तु न हुन् । आफूसँग नहुँदाको क्षण सम्झनुस, फरक पाउनुस् । आफ्नो दिमागलाई केही सोच्ने र गर्नको लागि खालि छोडिदिनुस् । पढ्नुस, ध्यान गर्नुस् । हिँड्नुस, आफ्नो वतावाणलाई पनि नियाल्नुस् । समाजसँग घुलमिल हुनुस् या एक्लै बस्नुस, आफ्नो सार्थकता खोज्नुस् ।
११. प्रकृतिसँग समय बिताउनुस !
प्रकृतिसँग कम्तीमा दिनको ३० मिनेट जति हरियालीमा समय बिताउनुभयो भने तपाईंको प्रेसर घट्नुका साथै डिप्रेसन पनि घट्ने एक अध्ययनले देखाएको छ । घरछेउको पार्क होस् या घरपछाडिको सानो हरियाली ठाउँ या बगैँचा, तपाईंले प्रकृतिलाई महसुस गर्न सक्नुहुन्छ । स्वच्छ हावा पाउन सक्नुहुन्छ । यसले दिमागलाई तरोताजा राखेर मुड अन गर्छ ।
१२. ध्यान गर्ने बानी बसाल्नुस् !
ध्यान गर्ने पनि विभिन्न उपाय छन् । अहिले अध्यामिकतामा पनि धेरै रुचि राख्ने गरिन्छ । तपाईंले समान्य ध्यान गर्नु सक्नुहुन्छ । ५ मिनेट शान्त भएर बस्नुस, त्यो पनि ध्यान नै हो ।


१३. घुम्न निस्किनुस !
घुम्ने जाने साथी पाइराख्नुभएको छैन ? त्यसो भए एक्लै गइदिनुस् । एक्लै घुम्न जानुहुन्न भनेर कसले नियम बनाएको छ र ? आफ्नो मनपर्ने रेस्टुरेन्ट जानुस, फिल्म हेर्न गइदिनुस् र आफूले जान चाहिरहेकोे ठाउँमा जानुस् । यदि तपाईं सामाजिक हुनुहुन्न भने आफू एक्लै भए पनि यस्ता क्रियाकलाप गरेर रमाउनुस, यसले खुसी मिल्छ ।
१४. आफ्नो शरीरको ख्याल राख्नुस् !
सबैभन्दा महत्वपूर्ण स्वास्थ्य नै हो । स्वस्थ्य भए खुसी रहन सकिन्छ । समयसमयमा चिकित्सकसँग शरीरको चेकजाँच गराउन आवश्यक छ ।

Published On:  232पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार