आगो बालेर कपाल काट्न थालेपछि कपाल काट्नेको भन्दा हेर्नेको भिड !

14 Shares

एजेन्सी । कपाल काट्न कैँचीको प्रयोग गरेको त हामी सबैलाई थाहा भएकै कुरा हो । तर भरातको एक सैलुनमा कपाल काट्न आएका ग्राहकको आगो बालेर कपाल काटिन्छ ।


एक सैलुनका नाईले आगो बालेर कपाल काट्न थालेपछि देख्ने धेरैले अचम्म मान्छन् । विना कैँची आगो बालेर कपाल काट्ने सैलुनमा कपाल काट्नेको भन्दा हेर्नेको भिड बढेको छ ।
उनले ग्राहकको कपाल काट्नुअघि कपालमा एक प्रकारको प्रज्वलनशील पाउडर लगाउछन् । त्यसपछि लाइटरले विस्तारै आगो लगाएर काइँयोले आगो निभाउदै कपाल मिलाउछन् । यस्तोे दुनियाँलाई नै चकित बनाउने कपाल काट्ने कला ल्याएर होला उनको सैलुनमा कपाल काट्ने भन्दा हेर्नेहरुको भिड बढि हुन्छ ।
ग्राहकको सन्तुष्टि अनुसार ती नाईले प्रयोगात्मक तरिकाबाट कपाल काट्ने गरेको बताएका छन् । ग्राहकले जबसम्म सन्तुष्टि प्राप्त गर्दैनन्, तबसम्म कपालमा आगो लागाउने र काइँयो मिलाउने काम जारी राख्ने बताउछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार