बाथटबमै हाँस्दै-हाँस्दै महिलाले यसरी बच्चा जन्माइन् !

518 Shares

एजेन्सी । संसार प्रत्येक पल विभिन्न किसिमका घटनाहरु भइरहन्छन् । मानिसमा यदि तीब्र इच्छाशक्ति भयो भने जस्तोसुकै कठोर परिस्थितिलाई पनि सहज रुपमा सामना गर्न सक्छ । जस्तोसुकै पीडामा पनि हाँसीहाँसी सहन सक्ने क्षमताको विकास गर्छन् ।


मान्छेपिच्छे फरक फरक स्वभाव हुन्छ । त्यसैले आफूलाई नयाँ काम गरेर फरक रुपमा चिनाउन चाहन्छन् । मान्छेका सोख पनि अनेक खाले हुन्छन् । सोखका लागि गरिएका त्यस्ता कामले ज्यानै धरापमा पार्दा पनि कतिपयले आफ्नो ईच्छा परिवर्तन गर्न चाहँदैनन् । केही समय अघि अमेरिकाको एक फोटो ग्राफरले बाथटवमा बसेर हाँस्दै हाँस्दै बच्चा जन्माएको तस्वीर खिचेर सार्वजनिक गरेका छन् । उक्त तस्वीर सामाजिक सञ्जालमा अहिले निकै भाईरल भैरहेको छ । सुत्केरी महिलाका लागि यस्तो कार्य सही थियो वा गलत ! त्यसको कारण फरक होला ? तर, ती सुत्केरी महिलाले बाथटवमा हाँसी हाँसी बच्चा जन्माएको तस्वीर भने धेरैको लागि आश्चर्यको विषय बनेको छ ।
पेशाले फोटोग्राफर रहेकी ती अमेरिकी महिलाले बाथटबमा प्राकृतिक रुपमा बच्चा जन्माएका तस्वीरहरु अर्की फोटोग्राफर तथा उनकी साथी क्याथी रोसारियाले खिचेकी हुन् । आफ्नी साथीले घरमै प्राकृतिक रुपमा बच्चा पाउने तयारी गरिरहेको थाहा पाएपछि क्याथी सतर्क तथा उत्सुक बनेकी थिइन् । बच्चालाई निकै माया गर्ने क्याथीको स्वभाव छ । त्यसैले बच्चाको तस्वीर क्लिक गर्ने शौख उनको थियो ।


क्याथीले आफ्नी साथीले बाथटबमा बच्चा जन्माएकी तस्वीर सार्वजनिक गर्दै भनेकी छिन, ‘मेरा लागि बच्चा जन्माउने बेलाकी महिलालाई देख्नुजत्तिको अद्भुत केही पनि होइन ।’ आफ्नी साथीले घरमै बच्चा जन्माउन थालेकाले आफुलाई यसको अनुभूती अझै बढि भएको बताएकी छिन् । उनले यसअघि पनि बच्चा जन्मिदाको समयको तस्वीरहरु खिचिसकेकी छिन् । आमा पृथ्वीमा रहेको सबैभन्दा अद्भुत प्राणी भएको उनले बताएकी छिन् । उनले आफ्नी साथीको नाम भने खुलाएकी छैनिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार