बझाङमा जीप दुर्घटना, ९ जनाको घटनास्थलमै मृत्यु !

Facebook Debugger

काठमाडौं । बझाङमा जीप दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ । थप ४ जना गम्भीर घाइते भएका छन् ।


सदरमुकाम चैनपुर नजिकै रहेको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको स १ ज १०७२ नम्बरको जीप डौठी भन्ने ठाँउमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मृत्यु भएको सनाखत हुन सकेको छैन ।
घाइतेहरुको उद्दार जारी छ । जीप सडकबाट ४०० मिटर तल अप्ठ्यारो ठाँउमा खसेको र मानिस जान नसक्ने भएकाले उद्दारमा कठिनाई भइरहेको प्रहरीले बताएको छ ।

Published On:  168पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार