सोमबार (आज) राती हावाहुरी सहित वर्षा हुने सम्भावना : मौसम पूर्वानुमान महाशाखा

Facebook Debugger

काठमाडौं । सोमबार राति देशका केही स्थानमा हावाहुरीसहित वर्षा हुने सम्भावना भएको मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ । सोमबार साँझ जारी गरिएको पूर्वानुमानअनुसार सोमबार राति देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना देखिएको हो ।


त्यसैगरी मंगलबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ । मंगलबार राति देशका पुर्वि भू-भागलगायत मध्य र पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रही बाँकि भू–भागमा आंसिक बदलिको सम्भावना रहेको छ । पुर्वका केहि स्थानहरुमा साथै मध्य र पश्चिमका एक दुइ स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी बुधबार दिउँसो देशभर सामान्य बदली रहि केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ । बुधबार राति देशभर सामान्य बदली रहि केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ ।

Published On:  241पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार