सञ्चारकर्मी शिखरको पुर्वेली गीत ‘विचार गर साँईली’ सार्वजनिक (भिडियोसहित)

Facebook Debugger

सोलुखुम्बु । सञ्चारकर्मी शिखरजंग श्रेष्ठको शब्दरचनामा पूर्वेली लोकगीत ‘विचार गर साँईली’ सार्वजनिक भएको छ । युट्युब च्यानलबाट गीतसँगै म्युजिक भिडियो पनि सार्वजनिक भएको हो ।


पत्रकारितासँगै गीत लेखनलाई सँगै अघि बढाउदै आएका श्रेष्ठले दर्जनौ लोक तथा दोहोरी गीतमा कलम चलाईसकेका छन् । उनी संगीतमा शिखर गजरकोटेको नामले परिचित छन् ।
उनको लेखन तथा प्रियजन राईको भाकामा तयार भएको पूर्वेली गीत ‘विचार गर साँईली’मा गायिका ईन्द्रकला राईलाई गायक प्रियजन राईले स्वरमा साथ दिएका छन् । पूर्वेली जुनतारा म्यूजिक प्रा.लि.को यूटुव च्यानलबाट डिजिटल बजारमा पठाईएको गीतको संगीतसंयोजन सन्तोष प्रगाढले गरेका हुन् ।


प्रियजन राईको निर्देशनमा तयार भएको भिडियोमा हाँस्यकलाकार गणेश ईसारा लगायतले अभिनय गरेका छन् । नरेश ऐरले क्यामरा चलाएको भिडियो तुलसी बास्कोटाको सम्पादनमा तयार भएको हो ।
गीतकार गजरकोटेको सृजनामा पुर्वेली गीत ‘पानी मिठो यारी खोलाको’, ‘पुर्वेली कान्छी’, ‘चुल्ठो बाटीहाल’, ‘माया गाढा भो’, ‘बार लाउ है मायाले’ स्रोता दर्शकले मन पराएका गीत हुन् भने ‘तनहूँ गजरकोट’, ‘छाता थेन’, ‘हावापानीले’ लगायतका गीत पनि उनकै सिर्जनामा बजारमा छन् ।

Published On:  345पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार