२१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026

कानेपोखरीमा सीसी क्यामरा जडान, सुरक्षा र सवारी सम्बन्धि अपराध कम हुने अपेक्षा !



मोरङ । सुरक्षा र सवारी दुर्घटना चुनौतीलाई ख्याल गर्दै मोरङको कानेपोखरी गाउँपालिका ७ स्थित कानेपोखरी बजारमा सोमबारदेखी सीसी टिभी जडान भएको छ ।


पूर्वपश्चिम मुख्य सडक स्थित कानेपोखरी बजारदेखी पथरीशनिश्चरेको जिरिखिम्तीसम्म जंगल रहेको छ । जंगलको कारण सुरक्षा चुनौतीको साथै राती सवारी दुर्घटना गराई भाग्ने सवारी चालकलाई पत्ता लगाउन समस्या हुँदै आएको थियो ।
यीनै समस्याहरुबाट मुख्य सडकमा हुने अपराध न्यूनीकरण गर्ने उदेश्यले सीसी टिभी राखिएको इलाका ट्राफिक प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायब निरीक्षक मणिराम कोइरालाले बताए । आफू पथरी आएपछि कानेपोखरी चौकमा क्यामरा राख्न पहल गरेको प्रनानी कोइरालाले बताए ।
कानेपोखरी नजारमा मुख्य सडकको गतिविधि रेकर्ड गर्नेगरी ४ वटा क्यामारा जडान गरिएको छ । क्यामेराको मनिटर अस्थायी प्रचरी चौकी कानेपोखरीमा राखिएको छ । सोमबार आयोजित सीसी टिभी उद्घाटन कार्यक्रममा कानेपोखरी गाउँपालिका प्रमुख तराबहादुर काफ्ले, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको इन्चार्ज, ट्राफिक प्रहारी निरीक्षक शिवप्रसाद पोख्रेल, इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नीरिक्षक सुवास भट्टराई, कानेपोखरी वडा नम्बर ७ र ५ को अध्यक्ष क्रमस मोहन खडका, चरण गुरुङ लगाएको उपस्थिती रहेको थियो ।
गाउँपालिकाबाट उपलब्ध २ लाख ५० हजार रकमले सीसी टिभी राखिएको हो । सीसीटिभी राखेसँगै सो क्षेत्रमा सुरक्षा र सवारी दुर्घटना सम्बन्धि अपराधिक क्रियाकलाव कमहुने वा फरार अभियुक्त पक्राउ गर्न सहज हुने अपेक्षा राखिएको छ ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  २ : ५० बजे