गलबन्दी ट्रोल : सपुतले शम्भु राईको मात्र होइन ! नारायण गोपालको पनि गीत चोरेछन् ! (गीतसहित)

1.4k Shares

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा भाईरल भएका दुई गायक हुन् शम्भु राई र प्रकास सपुत । गायक सपुतको गलबन्दी बोलको गीत एकाएक भाईरल भएपछि गायक शम्भु राईले गाएको देउसी गीतबाट कपि गरेको आरोप लगाए ।


गीत सुन्ने र हेर्ने दर्शक दुई धारमा बाडिए । एक पक्षीय दर्शकहरु शम्भु राईको पक्षमा उभिए भने अर्को पक्षीय दर्शकहरु प्रकाश सपुतको पक्षमा उभिएर क्रिया, प्रतिक्रिया गरिरहेका छन् । तर, पछिल्लो समय एक युट्युब च्यानलमा प्रकाश सपुतले स्वर सम्राट नारायण गोपालको पनि गीत कपि गरेको आरोप सहित भिडियो अपलोड भएको छ । गीत सुन्दा र हेर्दा ठ्याक्कै लय, भाका, हाउभाउ सबै मिल्छ । के यो पनि संयोग नै हो त ? आम संगीतप्रेमी यो प्रश्नको उत्तरको प्रतिक्षामा छन् ।
यो गीत सुन्ने र हेर्ने दर्शकले दुधको दुध पानीको पानी छुट्याउन सक्छन् । शम्भु राईको गीतसँग त संयोग मिल्यो रे ! अनि त्यसो भए स्वर सम्राट नारायण गोपालसँगको गीतको सबै कुरा मिलेकोलाई चाँहि के भन्ने ? संयोग या रिमिक्स गरेको ? यदि रिमिक्स गरेको भए को सँग अनुमति लिएर गरे सपुतले ? होइन भने यसलाई संयोग मात्रै भन्ने त ? छुट्याउने जिम्मा आम दर्शकहरुको हो ।


सपुतको गलबन्दी गीत चोरीको आरोप सेलाउन नपाउँदै, उनकै अर्को गीत ‘केटाहरु नबन सोझो’ बोलको गीतसँग ठ्याक्कै मिल्ने नारायण गोपालको ‘बैनीको दया छ भने’ गीत मिल्छ । यो चाँहि कसरी मिल्यो त ? यो प्रश्न अहिले सपुतलाई सबैले सोधिरहेका छन् ।
गायक सपुतले भने शम्भु राईको गीतको विषयमा आफूले उक्त गीत कहिल्यै नसुनेको जिकिर गर्दै राईलाई खुलापत्र लेखेका छन् । र उनले उक्त आफ्नो ब्लग ‘प्रकाश सपुत डटकम’मा प्रकाशित गरेका थिए ।
गलबन्दीको गीत जसरी सुरुवात गरिएको छ, जसरी बेलुकी गाउँघरमा बसेर गाइएको बनाइएको छ, शम्भु राईको गीत पनि बेलुकी सँगै बसेर गाइएको छ । दुवै गीतमा पलेटी मारेर बसेर गाइएको देखिन्छ । नारायण गोपालको गीतमा पनि भिडियो हेर्दा एउटै शैली अपनाइएको छ । यी दुवै गीतमा कसरी संयोग मिल्न गयो ?

हेर्नुहोस भिडियो !

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार