प्रधानमन्त्री मातहतको साढे ४ अर्ब बजेट तालिम र अनुगमनमै सकियो !

Facebook Debugger

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीपरिषद र मातहतका १२ निकायका लागि ४ अर्बभन्दा बढि बजेट छुट्याइएको थियो । तर, ती सबै बजेट तालिम र अनुगमनमै सकिएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।


कान्तिपुर दैनिकले आज प्रधानमन्त्री मातहतका बजेटको पारदर्शिताबारे केलाएको छ । समाचार अनुसार अधिकांश बजेट तालिम र अनुगमनकै नाममा सकिएको छ ।
कान्तिपुरका अनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् र मातहतका १२ निकायका लागि राज्यले ४ अर्ब ६५ करोड ६९ लाख रुपैयाँ विनियोजन गरेको छ । जसमा मन्त्रिपरिषद्, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सार्वजनिक खरिद अनुगमन कार्यालय, नेपाल ट्रस्टको कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र, लगानी बोर्डको कार्यालय, महान्यायाधिवक्ताको कार्यालय, उच्च सरकारी वकिलको कार्यालयलगायत छन् । यसअघि प्रधानमन्त्री मातहत राष्ट्रिय सतर्कता केन्द्र मात्र थियो । पछि प्रधानमन्त्रीको चाहनामा अन्य निकाय पनि तानिएको थियो । तर यसमध्ये अधिकांशको बजेट तालिम र अनुगमनमै सकिएको छ । कान्तिपुरका अनुसार यो रकम साढे ४ अर्ब बराबर छ ।
कान्तिपुर लेख्छ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आफ्नो र मातहतका निकायका नाममा विनियोजित अर्बौंमध्ये अधिकांश बजेट कार्यालयको संस्थागत सुधार, तालिम, प्रशिक्षण र प्रविधि विकास शीर्षकमा छुट्याएको छ । यिनै शीर्षकमा बर्से्नि अर्बौं रुपैयाँ सकिने गरे पनि ठोस परिणाम देखिने गरेको छैन ।

Published On:  289पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार