रक्षक नै भक्षक : प्रहरीको असईले ओखलढुंगामा महिलालाई शारीरिक सम्पर्कको प्रस्ताव राखेपछि … !

  पत्रपत्रिका
70 Shares

ओखलढुंगा । ओखलढुंगामा एक प्रहरी सहायक निरीक्षक (असई)ले महिलालाई दुर्व्यवहार गरेपछि स्थानीय आक्रोशित भएका छन् । प्रहरी चौकी श्रीचौरका प्रमुख समेत रहेका असई पर्शुराम विश्वकर्माले एक महिलालाई शारीरिक सम्पर्क गर्न दुर्व्यवहार गरेको भन्दै स्थानीय आक्रोशित भएका हुन् ।


मदिरा सेवन गरेर होस गुमाएका असई विश्वकर्माले स्थानीय एक होटलमा आफूलाई शारीरिक सम्पर्क गर्न जबरजस्ती गरेको भन्दै महिला चिच्याएपछि स्थानीय आक्रोशित भएका थिए । प्रहरीले संवेदनशिल अंगमा समातेर शारीरिक सम्पर्कका लागि जबरजस्ती गरेको पीडित महिलाले बताएकी छन् । ‘म खाएर बसेको ठाँउमा पुलिस आएर मलाई नराम्रो व्यवहार गर्यो,’ पीडित महिलाले भनिन्, ‘अनि मैले २ झापट दिएँ र गुहार मागेर चिच्याएँ अनि भाग्यो ।’
प्रहरीबाटै महिला असुरक्षित भएपछि दोषीलाई कारबाहीको माग गर्दै स्थानीयहरु चौकी परिसर पुगेर आक्रोशित भएको स्थानीय पदम तामाङले बताए । ‘सुरक्षा दिने प्रहरीबाटै असुरक्षा भोग्नु परेको छ,’ उनले भने, ‘हामी कानुनी कारबाही नभएसम्म चुप बस्दैनौं ।’ प्रहरीले मदिराको तालमा महिलामाथी दुर्व्यवहार गरेको हल्ला फैलिएपछि गाउँका अधिकांश मानिसहरु राति नै चौकी घेर्न पुगेका थिए । बिहान उज्यालो भएपछि ठूलो संख्यामा महिलाको उपस्थिति छ । यसअघि पनि श्रीचौरमा कार्यरत प्रहरीले मदिरा सेवन गरेर महिलामाथि हिँसा गरेका घटनाहरु सार्वजनिक भएका थिए ।
प्रहरी र पीडित महिलालाई राति नै स्वास्थ्य परिक्षण गरिएको थियो । परीक्षण गर्दा महिला र प्रहरी दुवैले अत्याधिक मदिरा सेवन गरेको पाइएको स्वास्थ्य चौकी श्रीचौरको रिपोर्टमा उल्लेख छ । नयाँपत्रिकाबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार