गलबन्दी विवाद : ‘लोकगीतको भाका कपि गर्न पाउँनु पर्छ !’ सांसद मिन विश्वकर्मा

Facebook Debugger

काठमाडौं । नेपाली कांग्रेसका सांसद मिन विश्वकर्माले नेपाली लोकगीतको भाका, लय र संगीत कसैको पेवा नहुँनै भन्दै कपि गर्न पाउनु पर्ने बताएका छन् । प्रतिनिधी सभाको सोमबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै सांसद विश्वकर्माले पछिल्लो समय चर्चा र विवादित बनेको गलबन्दी गीतको बारेमा बोल्दै यस्तो बताएका हुन् ।


‘नेपाली गीत संगीतको लय, भाका, संगीत एक पुस्ताको अर्को पुस्ताले कपि गर्न पाउँनु पर्छ, यदि कपि गर्न पाइएन भने त्यो लोकगीत हुन सक्दैन’ सांसद विकले भने, ‘अहिले विवादित बनेको प्रकाश सपूतको गीत गलबन्दी शम्भू राईको लोकगीतसँग कहि मेल खाँएको देखिदैन ।’ उनले प्रकाश सपूतलाई जातीय रुपमा भेदभाव गरेको समेत आरोप लगाए ।
‘३० दिनमै डेढ करोड दर्शक बनाउन सफल कलाकार प्रकाश सपूत र गायिका शान्तिी श्री परियारलाई उच्च सम्मान गर्नु पर्नेमा सत्तारुढ दलकै सांगीतिक क्षेत्रमा आबद्ध भातृसंस्थाका कलाकार शम्भु राईले मेरो लय नक्कल गरेको भनेर मुद्धा हालेछन् । प्रकाश सपूतले गाएको लोकभाका कसैसँग मेल खाँदैन ? यद्यपी शम्भु राईको गीतसँग मेल खानेत कुरै होइन,’ सांसद विकले भने, ‘तर विडम्बना एक सामान्य कलाकारले अति मनछुने स्वरमा नेपाली कला सँस्कृतिको संरक्षण हुने गरी छायांकन गरेर प्रस्तुत गरिएको गीतमा एक फरक भुगोल, फरक काल र फरक परिवेशमा मैले पनि उस्तै गीत गाएको थिए, भरेर भन्नु अति प्रतिष्ठित कलाकारलाई लज्जाको विषय हुनु पर्ने हो ।’

यो पनि पढ्नुहोस ।

अन्ततः गलबन्दी विरुद्ध शम्भु राईले कपिराइटको मुद्धा दर्ता गरे ! के छ प्रतिलिपि अधिकार ऐनमा ?

Published On:  381पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार