१९ दिनपछि छुटे नेपाली कलाकार, नेपाल फर्किने तयारीमा !

Facebook Debugger

काठमाडौं । मलेसियामा पक्राउ परेका ३ जना नेपाली कलाकार १९ दिनपछि बल्ल छुटेका छन् । कार्यक्रमको शिलशीलामा गएको जेठ २३ गते मेलसिया पुगेका ३ नेपाली कलाकारहरुलाई मलेसियन प्रहरीले सोहिदिन पक्राउ गरेको थियो ।


आयोजकले स्थानीय प्रशासनसँग अनुमति नलिई कार्यक्रम गर्न लागेपछि आयोजकसहित नेपाली करालाहरुलाई पनि पक्राउ गरेको बताइएको छ । एसएसओजी धमाका वान नामक सांगीतिक कार्यक्रमका लागि मलेसिया गएका गायिकाद्वय श्रेया राई, सुनिता थेगिम र गायक सुजन आङदम्बेलाई अदालती प्रक्रिया पूरा भएपछि अहिले फिर्ती केन्द्रमा राखिएको छ ।
उनीहरुलाई गत बिहीबार स्थानीय अदालतमा उपस्थित गराइएको थियो । अदालतले तोकेको जरिवाना रकम तिरेपछि उनीहरुलाई क्वालालम्पुर विमानस्थलस्थित फिर्ती केन्द्रमा राखीएको नेपाली दूतावासका अधिकारीले बताए । पक्राउ परेकाहरुको अवस्थाबारे बुझी थप कानुनी प्रक्रिया अपनाउन दूतावासले वकिलको व्यवस्था मिलाएको थियो । नेपाली कलाकारहरुलाई स्वदेश फर्काउनका लागि आवश्यकीय कागजात र कानुनी प्रक्रिया पूरा भइसकेको दूतावासका अधिकारीले बताए । हवाई टिकट लगायत केही प्रक्रिया मात्रै बाँकी रहेको र उक्त काम भइरहेको उनले बताए ।
‘अब केही दिनमै हवाई टिकटको व्यवस्था गरी उहाँहरुलाई स्वदेश फर्काउन सफल हुन्छौं,’ दूतावासका अधिकारीले भने । पक्राउ परेका नेपाली कलाकारहरु छुटाउनको लागि गैरआवासीय नेपाली संघका महासचिव सुन्दर आले र सदस्य दिलकुमार केरुङ सोमबार क्वालालम्पुर विमानस्थलस्थित फिर्ती केन्द्रमा पुगेका थिए ।
कार्यक्रममा सहभागी हुन गएका ३ नेपाली कलाकारसहित स्थानीय नेपाली कलाकार र आयोजक टोलीसहित ३२ जनालाई अध्यागमन उल्लंघन गरेको आरोपमा जेठ २३ गते कार्यक्रमस्थल क्वालालम्पुरको कोताराय कम्प्लेक्सबाटै पक्राउ परेका थिए । दूतावासका अधिकारीका अनुसार पक्राउ पर्ने अन्य कतिपय छुटिसकेका छन्, भने कतिपय अदालतको फैसलापछि जेल र फिर्ती केन्द्रमा छन् । मलेसियामा अदालती फैसलाअनुसार जरिवाना रकम तिरेका र जेल सजाय पूरा गरिसकेपछि फिर्ती केन्द्रमा राख्ने गरिन्छ । फिर्ती केन्द्रमा रहेकाहरु हवाई टिकटको व्यवस्था मिलाएर स्वदेश फर्कन पाउँछन् ।

यो पनि पढ्नुहोस । 

तीन नेपाली कलाकार मलेसियामा पक्राउ 

Published On:  260पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार