विमानबाट ओर्लिने बित्तिकै सिके राउत वीर अस्पताल किन गए ?

35 Shares

काठमाडौं । साताव्यापी युरोप भ्रमणबाट नेपाल फर्कने बित्तिकै जनमत पार्टीका अध्यक्ष डा. सिके राउत वीर अस्पताल गएका छन् । विमानबाट ओर्लने बित्तिकै डा. राउत सिधै वीर अस्पताल गएका हुन् ।


बन्दी जीवन बिताईरहेका सांसद रेशम चौधरी कारागारमै बिरामी भएपछि उपचारका लागि वीर अस्पताल भर्ना भएका छन् । बिरामी चौधरीलाई भेट्न राउत विमानबाट ओर्लने बित्तिकै वीर अस्पताल गएका हुन् । चौधरीलाई भेटपछि राउतले उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका थिए । साथै पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा कुराकानी गर्दै चौधरीको रिहाईका लागि पहल गर्ने आश्वासन समेत दिएका थिए ।
युरोप भ्रमणका क्रममा राउतले अष्ट्रियाको भियना विश्वविद्यालय र बेलायतको अक्सफोर्ड विश्वविद्यालय एवं लण्डन विश्वविद्यालयमा पुगेर मन्तव्य समेत राखेका थिए । साथै विभिन्न देशका नेता, संघ–संगठन तथा आप्रवासी समुदायसँग भेटघाट पनि गरेको थिए । सोही क्रममा डा. राउतले विद्यावारिधी गरेको क्यामब्रिज विश्वविद्यालयको भ्रमण पनि गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार