काठमाडौं । पहिलो सोलु गायन स्टार तथा गायक प्रवेश राईको ‘पग्ली बग्ने हिउँनदी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

बुधबार ललितपुरको सातदोबाटोस्थित एक कार्यक्रमबीच गायक राईको लोक आधुनिक ‘पग्ली बग्ने हिउँनदी’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
‘पग्ली बग्ने हिउँनदी’ भन्ने बोलको गीतलाई एल्बम ‘उद्भव’मा समेटिएको छ । गीतमा राष्ट्रिय गानका रचनाकार व्याकुल माईला (प्रदिपकुमार राई)को शब्दरचना, जसिहाङ राईको संगीत र नोर्बु शेर्पाको संगीत संयोजन रहेको छ ।
https://youtu.be/tof8RorYWMI?t=43
गीतको म्युजिक भिडियोमा देवराज गुरुङ, सोनम थुलुङ, सुमन तामाङ लगायतका कलाकारले मोडलिङ गरेका छन् । गंगाराम राईको भिडियो छायांकन तथा केशव कोइरालाको निर्देशनमा उक्त म्युजिक भिडियो निर्माण भएको हो ।










