काठमाडौं । पछिल्लो समय नेपाली गीतसंगीतको बजार मज्जैले तातियो । लोकप्रयताको नाममा होस या विवादको नाममा ! ‘गलबन्दी च्यातियो तिम्ले तानेर’ लोकगीतको लय ‘आउँ नाचौं साथी हो’ भन्ने गीतको लयसँग मिलेको भन्दै वादविवाद भएपछि नेपाली सांगीतिक बजार मज्जैले तातिएको हो ।

गायक प्रकाश सपूतले ‘गलबन्दी’ बोलको गीत बजारमा ल्याउने बित्तिकै एकाएक भाईरल भयो । धेरैले मन मराए पनि । तर, गायक तथा संगीतकार शम्भु राईले देउसी भैलो गीतको लयसँग मिलेको भन्दै लय सिर्जनामा आफ्नो नाम राख्न आग्रह गरे । तर सपूतले मानेनन् । अन्ततः राईले गलबन्दीमा लय मिलेको भन्दै कानूनी ढोका ढकढकाए । लामो छलफल र बहसपछि बल्ल कुरा मिल्यो । गायक राईले भनेजस्तै उनको नाम गलबन्दी गीतमा समावेश हुने भएपछि ४ बुँदे सम्झौता गर्दै विवाद टुंगीयो । विवाद टुंगीएपछि गायक राईले पत्रकारहरुलाई प्रतिक्रिया दिँदै संसद बैठकमा कुरा उठ्नु स्वभाविक हो, तर कलाकारको जातको होइन ? सष्ट्रा र सर्जकको संरक्षणको उठ्नु पर्थ्यो । कलाकारलाई रानीतिसँग जोडियो । त्यो त उहाँहरुको विवेक र क्षमताले भ्याएसम्म गर्नु भएको हो भन्ने प्रतिक्रिया दिएका छन् ।
शम्भु राईले पत्रकारलाई दिएको प्रतिक्रियको पूर्ण पाठ यस्तो छ । संसदमा सत्तापक्ष र प्रतिपक्ष सांसदहरु हुन्छन् । अब त्यो विपक्षले विषयवस्तु पाएन भने अर्थात सत्तापक्षकै सांसदले पनि अरु विषयवस्तु पाएनन् भने गीतसंगीतलाई पनि एउटा विषय लिएर बहस गर्ने शुरुवात भएको देखियो । देशको समस्या, देशमा यस्तो परिस्थिति छ । त्यसको बारेमा चिन्ता छैन ? हामी कलाकारहरु पनि त्यत्ति मूर्ख छैनौं । हाम्रो समस्या हामी आफैले उठाउछौं, हामी आफैले समाधान गर्छौं । तर त्यो कुराहरु नेताहरुले बुझ्नु भएन । हाम्रो पनि त कुशल क्षमता, बौद्धिकता छ नी ? हाम्रो समस्या हामी आफैले समाधान गर्न सक्छौं भन्ने आज देखियो ? तर एउटा राष्ट्रको जिम्मेवार ठाउँमा, देश र जनताको जिम्मेवारी लिएर आएको माननियज्यूहरुले एउटा गीतको बारेमा कित्ताकार्ड गरेर बोल्दाखेरी, एउटा पार्टीको कार्यकर्ता बनाईदिँदाखेरी, एउटा कुनै मतियार भनिदिँदाखेरी अनि सांसदले नामै तोकेर शम्भु राई भनिदिँदाखेरी म पनि त जनजाति नै त हु नी ? जनजातिकै छोरा त हुनी ?
हिजो ३४÷३५ सालमा मैले मानिस छुत अछुत हुन्छ म भन्दै भन्दिन, जाति र पाति छुट्याउने रितलाई म मान्दै मान्दिन भनेर जातिय मुत्तिको लागि, वर्गीय मुत्तिको लागि सांगीतिक क्रान्ति गरेर हिडेको मान्छेले जातिको कुरा कहाँ गर्छ ? अनि शम्भु राईले जातिको कुरा त पक्कै गर्दैन ? त्यस्तो जातिय भेदभाव, छुवाछुत त शम्भु राईले हिजो ३४/३५ सालमा पञ्चायतकालिन अवस्थामा, जब एउटै मात्र व्यवस्था हुँदाखेरी, कसैले पनि एक शब्द राम्रोसँग बोल्न पाइदैनथ्यो । राम्ररी रेडियो सुन्न र टेलिभिजन हेर्न पाइदैनथ्यो । पत्रिका हुँदैनथ्यो । त्यस्तो अवस्थामा जातिय भेदभाव र छुवाछुतको विरोध गरेर आउने मान्छे आज शम्भु राईले जातिय कुरा कसरी गर्न सक्छ ?

संसदमा माननियले बोलिरहदाखेरी मलाई के लाग्यो भने उहाँले बोलिरहदाखेरी आफैले आफ्नै हैसियतलाई पश्न गर्नु भएको छ । उहाँको हैसियतलाई आफैले प्रश्नचिन्ह राख्नु भएको छ । आफैमा संकीर्ण भएर आउनु भएको छ । उहाँहरुले त देश, जनता र विकासको बारेमा कहाँ के भैरहेको छ । सत्तापक्षले कहाँ गल्ती गरेको छ त्यसको खबरदारी गर्ने हो नी ? शम्भु राईले कस्तो गीत गायो ? प्रकाश सपूतले कस्तो गीत गायो ? त्यहाँ जातिको कुरा लिएर उहाँले बहस गर्नु कत्तिको नैतिकता छ त्यो कुरा त उहाँलाई नै सोध्नु पर्छ । हामी त एउटा सामान्य गीत गाउँने मान्छे । उहाँले एउटा कार्यकर्ता बनाइदिनु भाछ । उहाँले मतियारको कुराहरु गरिदिनु भएको छ । त्यो शम्भु राई भन्नु भएको छ । अब यसको जवाफ समयले दिन्छ फेरी ? उहाँसँग शक्ति सत्ता होला, हरेका कुराहरु होला ? तर हामीसँग पनि त होलानी ? हामीसँग पनि आम नागरिक होला, मिडिया होला, माईक्रोफोन होला, हाम्रो स्वर कसले रोक्ने ? हाम्रो विषयवस्तु त गीत संगीतको छ नी ? कहाँ जातिको कुरा ? कहाँ राजनीतिको कुरा ? कहाँ सत्तापक्ष र विपक्षीको कुरा ? कहाँ कार्यकर्ता र मतियारको कुरा ? उहाँले लोकभाका र लोकसंगीत भनेको के हो बुझ्नु भएको छ की छैन ? एउटा भावनामा आएर उत्तेजित भएर एउटालाई माया गर्दै गर्दा अर्कोलाई चाँहि के घाँटि थिच्ने ? मार्ने ? त्यो शम्भु राई भएर ? उहाँहरुले त हाम्रो संरक्षण गरिदिनु पर्ने ? हामीलाई अनुत्पादक रुपमा हेरिएको छ । सष्ट्रा सर्जकहरुलाई कसरी सुरक्षित गर्ने भन्ने कुरामा पो बहस गरिदिनु पर्ने त ?








