काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) तहको नतिजा प्रकाशन भएको छ ।

संघीय संरचना अनुसार गरिएको परीक्षामा कुल चार लाख ७५ हजार तीन जना विद्यार्थी सहभागि भएका थिए। जसमा छात्रा तर्फ दुई लाख ३८ हजार पाँच सय ५८ र छात्र तर्फ दुई लाख ३६ हजार चार सय ४५ परीक्षार्थी सहभागि थिए ।
२०७५ चैत्र १० गतेबाट परीक्षा सुरु भएको थियो । देशभर कुल परीक्षा केन्द्र १९६९ तोकिएको थियो । प्रदेश नं १ बाट-८३ हजार ६ सय १८, प्रदेश नं २ बाट-७० हजार ५ सय १८, प्रदेश नं ३ बाट- १ लाख हजार दुई, गण्डकी प्रदेशबाट ४८ हजार ६३, प्रदेश नं ५ बाछ-७६ हजार ९ सय ८३, कर्णाली प्रदेशबाट-३५ हजार ६ सय ३४ र सुदुरपश्चिम प्रदेशबाट-५३ हजार ९ सय ७२ विद्यार्थी परीक्षामा सहभागि भएका थिए ।
त्यसैगरी टेलिकम तथा एनसेलको मोबाइल प्रयोगकर्ताले १६०० मा म्यासेज गरेर पनि नतिजाबारे जानकारी लिन सकिने छ । परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट http://see.gov.np बाट पनि नतिजा हेर्न सकिनेछ ।







