गीतकार अम्बिका गुरुङको ‘असारे झरी’ सार्वजनिक ! (भिडियो)

Facebook Debugger

काठमाडौँ । राष्ट्रिय धान दिवसको उपलक्ष्यमा गायक राजन कार्की र मिना तिवारीको आवाजमा रहेको ‘असारे झरी’को म्युजिक भिडियो सार्वजनिक भएको छ । असार १५ अर्थात राष्ट्रिय धान दिवसको अवसर पारेर गीतकार अम्बिका गुरुङको असारे झरी म्युजिक भिडियो सार्वजनिक भएको हो ।


हिलोमाटोमा खेल्ने, माना खाएर मुरी उब्जाउने अनि दही चिउरा खाने दिनको रुपमा मनाईदै आएको असार १५ को अवसर पारेर गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । म्युजिक भिडियोलाई भावसागर क्रियसनको युटुवच्यानलबाट सार्वजनिक गरिएको छ ।
अमेरिका निवासी वरिष्ठ गीतकार अम्बिका गुरुङको शब्द तथा गायक राजन कार्कीको संगीत रहेको गीतलाई राजन कार्कीले नै एरेन्ज तथा छायांकन समेत गरेका छन् । किरात बिन्द्राले निर्देशन तथा कोरियोग्राफी गरेको म्युजिक भिडियोमा यशु थापा र सलिना भुजेलले मोडलिङ गरेका छन् ।

भिडियो हेर्नुहोस । 

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार