यू-१९ एसिया कप छनोटको पहिलो खेलमा नेपाल १० विकेटले विजयी

0 Shares

काठमाडौं । यू-१९ एसिया कप क्रिकेटको छनोट खेलमा नेपालले चीनलाई १० विकेटले हराएको छ । ५४ रनको लक्ष्य नेपालले पाँच ओभरमा नै पूरा गरेको हो ।


मलेसियामा भएको खेलमा टस जितेर फिल्डिङ गरेको नेपालले चीनलाई २३.१ ओभरमा ५३ रन बनाउँदा अल आउट गरेको थियो । जवाफी ब्याटिङमा आएको नेपालका लागि पवन सर्राफले २१ बलमा ४६ रन साथै रित गौतमले १० बलमा १० रन बनाउँदै जित दिलाएका हुन् । आक्रामक ब्याटिङ गरेका पवनले ६ चौका र ३ छक्का हाने ।
कसिलो बलिङ गर्ने क्रममा नेपालका सागर ढकालले ६ विकेट लिए । ९ ओभर १ बल गरेका उनले १९ रन दिएर ६ विकेट लिएका हुन् । यस्तै तिलकराज भण्डारीले ३ र कमल सिंह ऐरीले १ विकेट लिए । दोस्रो खेल नेपालले शुक्रबार सिंगापुरसँग खेल्नेछ । पूर्वी क्षेत्रीय छनोटको यो प्रतियोगिता जितेर अगस्ट २८ देखि श्रीलंकामा हुने यू(१९ एसिया कपमा खेल्ने नेपालको लक्ष्य छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार