प्रेमिकाले अन्तिम चुम्बन गर्दै प्रेमीको जिब्रो दुईटुक्रा पारेपछि …!

42 Shares

एजेन्सी । संसारमा हरेक दिन विभिन्न किसिमका अनौठो घटनाहरु भइरहेका हुन्छन् । चाहे त्यो मानविय होस वा प्राकृतिक । पछिल्लो समय पनि यस्तै अनौठो घटना भएको छ ।


भर्खरै स्पेनको बार्सिलोनामा एउटा पत्याउनै नसकिने घटना भएको छ । सुन्दा पनि आङनै सिरिङग हुने घटना भर्खरै सार्वजनिक भएको हो । आडिया लोपेज इस्टिवे नामकी युवतीले दोश्रोपटक ब्रेकअप भएसँगै प्रेमीको जिब्रो चक्कुले च्वाट्टै काटिदिएकी छिन् ।
उनीहरुको पहिलो रिलेशनसीप सन् २०१६ मा शुरु भएको थियो । जुन रिलेशनसीप २ महिनासम्म मात्र चल्यो । त्यसको केही समयपछि फेरि दुबैजना प्रेममा गाँसिने निधो गरे । तर ४ महिनापछि नै प्रेमीले आफू परिवर्तन भैरहने मूडका कारण थाकिसकेको बताएका थिए । त्यसपछि उनीहरुबीच झगडा हुन थाल्यो । एकदिन झगडाकै बीचमा प्रेमिका इस्टिवे आफ्नो अपार्टमेन्टबाट बाहिर निस्किएर रक्सी पिएर हल्लाखल्ला गर्न थालिन् । एकछिनपछि उनी अपार्टमेन्टमा छिरिन् र माफी माग्दै आफ्ना प्रेमीलाई फकाएर अब अन्तिम पटक चुम्बन गरेर छुट्टिउँ भनिन् ।
उनले हातमा चक्कु लिएर आएकी थिइन् । उनले प्रेमीलाई आलिंगन गरिन् । दुबै जनाले एक अर्काको मुखमा जिब्रो छिराएर चुम्बन गरे । जब प्रेमी चाहीँ आँखा चिम्लिएर चुम्बनमा लीन भए, तब उनले हातको चक्कुले प्रेमीको जिब्रो काटिदिइन् । अनि आफ्नो मुखमा रहेको प्रेमीको जिब्रोको टुक्रा थुकेर त्यहाँबाट भागिन् । जिब्रो काटिएका प्रेमी पीडाले चिच्याउन थाले । उनको मुखबाट रगत बगिरहेको थियो । छिमेकीहरुले उद्दार गरेर उनलाई अस्पताल पुर्याए । ती युवतीलाई प्रहरीले गिरफ्तार गरेर प्रारम्भिक अनुसन्धानपछि अदालतमा पेश गर्दैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार