एसइईमा जीपीए-४ ल्याउने विद्यार्थीलाई नगद एक लाख पुरस्कार !

मोरङ । पथरीशनिश्चरे नगरपालिका-२ स्थित वाल्मीकि मेमोरियल बोर्डिङ स्कुलले एसइई परीक्षामा जीपीए-४ ल्याउने विद्यार्थी युनिक श्रेष्ठलाई नगद एक लाखसहित सम्माण गरेको छ ।


मोरङ पथरी स्थित वाल्मीकिबाट ७५ जना परीक्षार्थी मध्ये श्रेष्ठले जीपीए-४ ल्याएका हुन् । श्रेष्ठसँगै जीपीए-३.९ ल्याउने सजना घिमिरेलाई समेत नगद २५ हजार र सम्माण पत्र प्रदान गरेका हुन् ।
वाल्मीकिले शनिबार एसइई परीक्षा उतिर्ण विद्यार्थीहरुलाई सम्माण बधाई तथा विदाई कार्यक्रम गरी दुई जना विद्यार्थीलाई सम्माण गरेको हो । अन्य परीक्षार्थी जीपीए-३.७ भन्दा माथि ल्याउने २० जना, ३.२ भन्दा माथि ३०, जीपीए-२.८ भन्दा माथि २२ र २.४ ल्याउने ३ जनाले रहेको स्कुल संचालक नोवलकिशोर खनालले बताए । यो बर्षको परीक्षामा वाल्मीकि पूर्वी मोरङकै उत्कृष्ट अंक ल्याउने स्कुल भएको छ । गत बर्ष पथरीकै एभरेष्ट बोर्डिङ स्कुलबाट दुई जनाले जीपीए-४ ल्याएर उतिर्ण भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार