‘प्रदेश १ लाई स्वास्थ्य प्रदेश बनाउने योजना छ,’ : मन्त्री घिमिरे

Facebook Debugger

मोरङ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले स्वास्थ्य प्रदेश बनाउने अभियानमा सहयोग गर्न आग्रह गरेका छन् ।


शनिबार गते मोरङको पथरीशनिश्चरे नगरमा आयोजित स्वास्थ्य जीवन प्रबद्र्धन अभियान शुभारम्भ समारोह कार्यक्रममा मन्त्री घिमिरेले सो कुरा बताएका हुन् । कार्यक्रम प्रदेशमा स्वास्थ्य चेतना जगाउने उदेश्यले प्रदेश सरकारले ल्याएको बताउदै स्वास्थ्य जीवनको लागि खानपान, योग, ध्यान र व्यायम तथा नियमित स्वास्थ्य परीक्षण गर्नु आवश्यक रहेको बताए ।
नेपालीहरुले परम्परागत रोटी, ढिंडो, भुटेको मकै भट्मास, दहीमही विर्सेर चाउचाउ र कोक फ्यान्टामा लागेको कारण मानिसमा रोग बढ्दै गएको बताए । दैनिक सुई लगाएको घिरौला, लौका र कुखुराको मासुले स्वास्थ्य खराविहुदै गएकोले सचेत रहनुपर्ने मन्त्री घिमिरेको भनाइ थियो ।
पथरीशनिश्चरे नगरपालिकाको प्रमुख दिलिप राईको सभापतित्वमा भएको कार्यक्रममा मोरङ जिल्ला समन्वय समितिको अध्यक्ष नरेश पोख्रेल, हास्य कलाकार तथा कार्यक्रमको स्वास्थ्य प्रवर्धन समन्वय सद्भावना दुत सीताराम कट्टेल (धुर्मुस), पथरीशनिश्चरे नगरको उपप्रमुख यमुना विष्ट लगायतले बोलेका थिए । प्रदेश सरकारको योजना, स्वास्थ्य कार्यालय मोरङको आयोजना र नगरपालिकाको व्यवस्थापनमा भएको हो । औपचारिक कार्यक्रम अघि पथरी बजार सरसफाइ तथा योग अभ्यास भएको थियो ।

Published On:  121पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार