विप्लव समूहमाथि प्रतिबन्ध लागेको ४ महिनामा १० जना मारिए !

Facebook Debugger

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि सरकारले गत फागुन २८ गते प्रतिबन्ध लगाएसँगै उसका गतिविधिमाथि कडा निगरानी गरिरहेको छ ।


यो ४ महिनाको अवधिमा १ जना सर्वसाधारणसहित दुई पक्षतर्फ गरी १० जनाले ज्यान गुमाएका छन् । प्रहरीतर्फ १ जनाको मृत्यु भएको छ भने प्रहरीको कारबाहीमा विप्वल समूहका ३ जना मारिएका हुन् । त्यस्तै बम विस्फोटमा ५ जनाले ज्यान गुमाएका थिए ।
बुधबार भोजपुरमा प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच भएको दोहोरो गोली हानाहानमा १ जनाको मृत्यु भएसँगै विप्लव समूहतर्फ ज्यान गुमाउनेको संख्या ३ पुगेको हो । भोजपुरमा भएको घटनमा ओखलढुंगा इन्चार्ज रहेका नीरकुमार राई मारिएका हुन् । यसअघि भोजपुरमा १ र सर्लाहीमा १ जना मारिएका थिए ।
गत असार ५ गते सर्लाहीको लालबन्दी नगरपालिका–१ को जंगलमा प्रहरी र विप्लव समूहबीच दोहोरो भिडन्त हुँदा १ जना विप्लव समूहका कार्यकर्ता मारिएका थिए । उक्त घटनामा विप्लव समूहका सर्लाही जिल्ला इञ्जार्च कुमार पौडेल मारिएका थिए ।
यो अवधिमा नेपाल प्रहरीतर्फ पनि एक जनाको मृत्यु भएको छ । बुधबार भोजपुरमा भएको गोली हानहानमा प्रहरी जवान सञ्जीव राई मारिएका हुन् भने अर्का एकजना प्रहरी घाइते भएका छन् । गत असारमा कुमार पौडेल मारिएको विरोधमा विप्लव नेकपाले आह्वान गरेको नेपाल बन्दको पूर्व सन्ध्यामा बम विस्फोट हुँदा ५ जना विप्लवका कार्यकर्ताले ज्यान गुमाएका थिए । उक्त घटनामा थप एक सर्वसाधारणको ज्यान गएको थियो ।
करिव ५ महिनाको अवधिमा प्रहरीको कारबाहीमा विभिन्न जिल्लामा गरी विप्लवका ७ जना कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ । विप्लवका गतिविधिमाथि कडा निगरानी गरिरहेको प्रहरीले यो अवधिमा विभिन्न हात हतियार समेत बरामद गरेको छ ।

Published On:  109पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार