बाढीको वितण्डा : काठमाडौंमा ३ सहित ११ जनाको मृत्यु, ८ भन्दा बढी बेपत्ता !

Facebook Debugger

काठमाडौं । बिहीबारदेखि शुरु भएको अविरल वर्षाका कारण ११ भन्दा बढीको ज्यान गएको छ, भने ८ भन्दा बढी बेपत्ता भएका छन् ।


काठमाडौंको मुलपानीमा ढिस्को खसेर घर भत्कँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीया शर्मिला यादव उनका १० वर्षीय छोरा कुन्दन र मितु यादव छन् । बारा घर भएका उनीहरु मुलपानी बस्दै आएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले बताए ।
गृह मन्त्रायका अनुसार काभ्रेमा हजुरआमा र नातिनीको मृत्यु भएको छ । यस्तै ललितपुर, सिन्धुली, पर्सा, धादिङ, सुनसरी र महोत्तरीमा मा एकएक जनाको मृत्यु भएको छ ।
काभ्रेको बनेपास्थित नालामा पहिरोले घर भत्काउँदा एकै परिवारका दुईको मृत्यु भएको हो । मृत्यु हुनेमा ५० वर्षकी गोमा दंगाल र ७ वर्षीया सोहनी दंगाल छन् । घटनामा ३० वर्षीय सुशीला दंगाल र तीन महिनाकी बालिका अनुष्का दंगाल रहेको काभ्रेका एसपी जयराम सापकोटाले बताए ।
ललितपुर र सिन्धुलीमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने पर्सामा डुबेर एक जनाको मृत्यु भएको छ । खोटाङमा पहिरोमा परी ३ जना बेपत्ता भएका छन् । उता, जनकपुर महोत्तरीको रातो खोलामा आएको बाढीले आज बिहान एक वृद्धलाई बगाएको छ । बलवा नगरपालिका–२ का ७० वर्षीय हनिफ बैठालाई रातो खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीलाई उद्धृत गर्दै नेपाल लाइभ सहकर्मी अजय शाहले जानकारी दिएका छन् ।
काठमाडौं, मोरङ, सुनसरी र पाँचथरमा पनि एक–एक जना बेपत्ता भएको समाचार प्राप्त भएको छ । विभिन्न ठाउँमा ४ सय घरपरिवार विस्थापित भएका छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार