२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

आर्थिक सहयोग सांसद यादवद्वारा


३१ असार २०७६, मंगलबार  

0
Shares

काठमाण्डांै  . प्रतिनिधिसभा सदस्य प्रदीप यादवले पर्साका बाढी प्रभावितलाई आफ्नो एक महीनाको तलब आर्थिक सहयोग गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई आज सांसद यादवले रु ५५ हजार २५० को चेक हस्तान्तरण गरेको हो ।

बाढी प्रभावितलाई राहत वितरणमा प्रयोग गर्न एक महीनाको तलब बराबरको रकम हस्तान्तरण गरेको सांसद यादवले जानकारी दिए। उहाँले अत्याधिक वर्षाको कारण आएको बाढीबाट पूरै जिल्ला प्रभावित भए पनि स्थानीय तहबाट हुनुपर्ने राहत वितरण चित्त बुभ्mदो नभएको गुनासो गरे ।

सो अवसरमा प्रजिअ भट्टराईले प्राप्त आर्थिक सहयोगले बाढी प्रभावितलाई राहत वितरणमा सहयोग पुग्ने बताउँदै दैवी प्रकोपको यस कठिन घडीमा डुबान प्रभावितलाई सक्दो सहयोग गर्न सबैसँग आग्रह गरे । असारको अन्तिम साता परेको अविरल वर्षापछि आएको बाढीबाट पर्सामा ४३० भन्दा बढी घर डुबानमा परेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । डुबानमा परेर पर्सामा हलसम्म तीन जनाको मृत्यु भएको छ ।

Sagarmatha

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  ८ : ५७ बजे