राहत वितरण बाढीपीडितलाई

Facebook Debugger

पोखरा । महिला मात्र आबद्ध लायन्स क्लब अफ लेखनाथ सुनगाभाको टोलीले बाढी प्रभावित रौतहट जिल्लाको गुजरा नगरपालिकामा राहत वितरण गरेको छ । सो क्लबका अध्यक्ष ऋतु पौडेलको नेतृत्वमा रौतहट पुगेको टोलीले बाढीबाट पीडित गुजरा नगरपालिका–८ र ९ का ३० घरपरिवारलाई आवश्यक सामग्री वितरण गरेको हो ।

टोलीले ३० थान पाल, पिफर्म ३० थान, झुल, चामल, चाउचाउ, बिस्कुट, बच्चाका लागि लिटोको पिठो, किशोरीका लागि सेनेटरी प्याड लगायतका सामग्री वितरण गरेको अध्यक्ष पौडेलले जानकारी गराए । बाढीबाट प्रभावित क्षेत्रमा स्थानीय प्रशासनको सहकार्यमा राहत वितरण गरिएको सो क्लबका संस्थापक अध्यक्ष मीना भट्टराई भण्डारीले बताए ।

राहतसहित पुगेको टोलीलाई जिल्ला प्रशासन कार्यालय रौतहटका उपसचिव चेतराज बराल र जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक कविता कटवालले सहजीकरण गरेको राहत वितरण कार्यक्रमका संयोजक गङ्गा मल्लले जानकारी गराए ।

Published On:  98पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार