स्वयम्भूमा गोली प्रहार गरी दुईजना पक्राउ !

Facebook Debugger

काठमाडौं । काठमाडौंको स्वयम्भूमा प्रहरीले गोली हानेर दुई युवालाई पक्राउ गरेको छ ।


स्वयम्भूको विजेश्वरी हाउजिङको झिँगु क्याफेमा प्रहरीले गोली हानेर लोप्साङ भन्ने विजय लामालाई पक्राउ गरेको हो । लोप्साङ सँगै अमृत तामाङ पनि पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार लोप्साङलाई घुँडामुनि गोली हानेर पक्राउ गरिएको हो ।
लोप्साङको काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । रामेछापको गेलु घर भएका लोप्साङ धम्क्याउने र लुटपाटमा संलग्न रहेको एसएसपी थापाले बताए ।

Published On:  167पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार