युट्युबबाट करोडौँ कमाइन ६ वर्षया बोरामले !

Facebook Debugger

एजेन्सी । दक्षिण कोरियाकी बालिका बोराम त्यहाँकी लोकप्रिय युट्युबर हुन् । छ वर्षीया बालिका बोराम आफ्ना भिडियो ‘बोराम ट्युब ट्वाइज रिभ्यू’ र ‘बोराम ट्युब भ्लग’ मा हाल्ने गर्छिन् । बच्चाका खेलौनाहरूको बयान र समीक्षा गर्ने उनका भिडियो करोडौँले हेर्ने गर्छन् । उनका च्यानलका तीन करोडभन्दा बढी सब्सक्राइबर छन् ।


उनको नामबाट उनका आमाबाबुले कम्पनी पनि खोलेका छन्, जसको नाम बोराम कम्पनी हो । हालसालै बोराम कम्पनीले राजधानी सोलस्थित गाङ्नाम जिल्लामा ८७ करोड रुपैयाँभन्दा बढी मूल्यको पाँचतले भवन खरिद गरेको छ । कोरिया हेराल्ड नामक अखबारका अनुसार बोरामको मासिक आम्दानी ३२ करोड रुपैयाँभन्दा बढी छ । अखबारले उनी मार्केटिङ रेभेन्यूबाट सबैभन्दा बढी कमाउने दक्षिण कोरियाली युट्युबर भएको उल्लेख गरेको छ ।
तर, उनको सफलताले कतै उनको शोषण त भइरहेको छैन भन्ने प्रश्न पनि उठेको छ । सन् २०१७ मा सेभ द चिल्ड्रेन, लोकल च्याप्टर उनका अभिभावकविरुद्ध बोरामलाई मानसिक दबाबमा राखेको आरोप लगाउँदै अदालत पुगेको थियो ।

Published On:  150पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार