सामुदायिक वन दिवसका अवसरमा वृक्षरोपण

0 Shares

पोखरा । चौथो राष्ट्रिय सामुदायिक वन दिवसको उपलक्ष्यमा आज पोखरा महानगरपालिका–२७ स्थित पन्थकोडाँडा सामुदायिक वनमा वृहत् वृक्षरोपण कार्यक्रमको आयोजना गरियो ।

“सामुदायिक वनमा नवीनतम सोच–उत्पादन, उद्यम र समृद्धिमा जोड” भन्ने नारासहित सामुदायिक वन उपभोक्ता महासङ्घ कास्की एवं डिभिजन वन कार्यालय कास्कीद्वारा संयुक्तरुपमा आयोजित सो कार्यक्रममा चाँप, लप्सी, तेजपात, रुद्राक्ष, निमारोलगायतका ३५० बिरुवा रोपिएको थियो ।

गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले चाँपको बिरुवा रोपेर सो कार्यक्रमको शुभारम्भ गर्दै वनलाई समृद्धिसँग जोड्नुपर्ने आवश्यकता औँल्याए । सामुदायिक वनका उपभोक्ताले वनको संरक्षण र सम्बद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको र अब उत्पादनसँग जोड्नु पर्नेमा उहाँले जोड दिए ।

सामुदायिक वन उपभोक्ता महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष कालीदास सुवेदीले सरकारले प्रस्ताव गरेका सामुदायिक वन विरोधी गतिविधिका विरुद्धमा महासङ्घ आन्दोलित भएको बताए ।

डिभिजन वन कार्यालय कास्कीका प्रमुख रामकाजी श्रेष्ठले मुलुकमा सामुदायिक वनको विकल्प नभएको बताउँदै वन समूहमा सुशासन र पारदर्शीता आवश्यकता रहेको उल्लेख गर्नुभयो । पन्थकोडाँडा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नीरराज तभ्mयाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला महासङ्घका अध्यक्ष विश्वनाथ लामिछाने, महासङ्घ प्रदेश सदस्य लक्ष्मी अधिकारी, मैदीपाखा सामुदायिक वन समूहका अध्यक्ष भोला त्रिपाठीलगायतले वनको महत्व र आवश्यकतामाथि प्रकाश पार्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार